काठमाडौं : जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल विनोद विष्ट घुस रकमसहित रंगेहात समातिएका छन्। घुस रकम लिन काठमाडौं आएका नायव निरीक्षक (सब-इन्स्पेक्टर) विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो। उनले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीबाट २ लाख लिएका हुन्। सोही रकम लिन काठमाडौं आएका उनलाई नयाँ बानेश्वरको एक रेष्टुरेन्टबाट १ लाख ५० हजार रूपैयाँको चेक र ५० हजार रूपैयाँ नगदसहित अख्तियारले नियन्त्रणमा