२७ मंसिर, काभ्रे । बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा जन्ती बस दुर्घटना भएको छ । बेथानचोकबाट पनौती फर्किँदै गरेको बा ३ ख ४३८७ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षति भएको भएपनि संख्या यकिन भइसकेको छैन । उद्दार जारी रहेको प्रहरीले जनाएको छ ।