सन् २०२२ मा हुने कतार विश्वकपको लागि छनौट हुने देशको संख्या २० पुगेको छ । पछिल्लो पटक भएको छनौट खेलबाट क्यानाडा छनौट भएसंगै विश्वकपको लागि छनौट हुने देशको संख्या २० पुगेको हो ।क्यानाडाले जमैकालाई ४-० गोल अन्तरले पराजित गर्दै ३६ वर्षपछि विश्वकपमा स्थान बनाएको हो। विश्वकपमा यो क्यानाडाको दोस्रो सहभागिता हुने छ । क्यानडाले यस अघि पहिलो पटक सन् १९८६ मा विश्वकप खेलको थियो । त्यस समय क्यानडाले सबै ३ खेल हारेको थियो भने १ गोल पनि गर्न सकेको थिएन । यो पटक क्यानाडा बलियो रुपमा प्रस्तुत भएको छ । आयोजक कतार सहित जर्मनी , डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, , सर्बिया, इंग्ल्यान्ड, स्विजरल्याण्ड, नेदरल्याण्ड, अर्जेन्टिना, इरान , साउथ कोरिया, जापान, साउदी अरेबिया, इक्वेडर र उरुग्वे यस अघि नै छनौट भईसकेका छन् । विश्वकपको मुख्य प्रतियोगिता भने २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो ।