लुम्बिनीमा एमाले महाधिवेशन प्रतिनिधिको टुंगो लाग्यो, २०८ जना सहभागी हुने

नेकपा एमालेको आसन्न दशौं महाधिवेशनमा लुम्बिनी प्रदेशबाट सहभागी प्रतिनिधिको टुंगो लागेको छ ।  लुम्बिनी प्रदेशका १२ जिल्लाबाट २०८ प्रतिनिधि सहभागी हुनेछन्, जसअन्तर्गत खुलाबाट १४६ र महिलाबाट ६२ जना प्रतिनिधि चयन भएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लीला गिरीले जानकारी दिए ।  सबैभन्दा धेरै प्रतिनिधि रूपन्देहीबाट ३४ जना छनोट भएका छन् । कपिलवस्तुबाट १८, दाङबाट २५, बाँकेबाट १६, बर्दियाबाट १८, पाल्पाबाट १५, गुल्मीबाट १८, पश्चिम नवलपरासीबाट १४, अर्घाखाँचीबाट १६, प्यूठानबाट ९, रूकुम पूर्वबाट ६, रोल्पाबाट ७ मजदु...