सुडानमा सैन्य कु : प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु
सोमबार राति पनि ठूलो संख्यामा प्रदर्शनकारीहरू राजधानी खार्तुम र र अन्य शहरहरूमा नागरिक शासन फिर्ताको माग गर्दै प्रदर्शन गरिरहेका थिए । एक घाइते प्रदर्शनकारीले सेनाको मुख्यालय बाहिर आफूलाई खुट्टामा गोली हानिएको पत्रकारहरूसँग बताएका छन् ।
गतसाता चीनमा ‘सैन्य कु’ भएको हल्ला चल्यो । राष्ट्रपति सी चिनफिङ नजरबन्दमा रहेको अफवाह सोसल मिडियामा फैलियो । सामाजिक सञ्जालकै पोस्टहरूमा राष्ट्रपति सीको हत्या भएकोसम्म दाबी गरियो ।
अफ्रिकी देश बुर्किना फासोमा सैन्य ‘कु’ भएको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले शक्ति आफ्नो हातमा लिएको र संसद तथा सरकार विघटन गरेको जनाएको छ ।
सेनाले राष्ट्रपति रोच काबोरललाई सत्ताच्युत गरेको बताएको छ । देशको सुरक्षा अवस्था बिग्रदै गएको र राष्ट्रपति काबोरले पश्चिमी अफ्रिकालाई एकबद्ध गर्न असफल भएको तथा मुस्लिम लडाकुका गतिविधि नियन्त्रण गर्न नसकेको सेनाले आरोप लगाएको छ ।
सुडानमा सैन्य कु भएको रिपोर्टहरू सार्वजनिक भएसँगै त्यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको छ । प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई पहिचान नखुलेका सिपाहीहरूले घरमै नजरबन्दमा राखिएको बीबीसीले जनाएको छ ।