नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ ज्ञापनपत्र बुझाएको छ । शनिवार मन्त्री क्वार्टरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङलाई भेटेर उनीहरूले डेंगु नियन्त्रणप्रति सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएका हुन् । उनीहरूले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए । उनीहरूले सरकारले डेंगु नियन्त्रणको लागि यथाशीघ्र डेंगु उपचारको मुख्य औषधि पारासिटामोलको उचित व्यवस्थापन गराउनुपर्ने, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउनुपर्ने, उपचार निःशुल्क हुनुपर्