चीनले संयुक्त राज्य अमेरिकालाई ताइवानको पक्षमा बोल्दा सम्हालिएर बोल्न चेतावनी दिएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइपछि चीनले यस्तो चेतावनी दिएको हो। केही दिनअघि बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका त्यसको प्रतिरक्षा गर्न प्रतिबद्ध रहेको बताएका थिए।दैनिक ब्रिफिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले ताइवान चीनको हिस्सा भएको चिनियाँ दाबी दोहोर्याएका थिए।उनले ताइवानका बारेमा बोल्दा अमेरिकाले आफ्नो शब्दहरूमा विचार गर्नुपर्ने र 'गलत संकेत' दिन