अस्ट्रेलियाले अमेरिका तथा बेलायतसँग नयाँ साझेदारी गरेर आणविक ऊर्जाबाट चल्ने पनडुब्बी लिने भएपछि चीनको सरकारी सञ्चारमाध्यमले अस्ट्रेलिया आणविक आक्रमणको तारो बन्न सक्ने चेतावनी दिएको छ ।
अस्ट्रेलियालाई आणविक ऊर्जाबाट चल्ने कम्तीमा आठवटा पनडुब्बी बनाउनका लागि प्रविधि उपलब्ध गराउने सहमति बनेको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो आक्रामकताको सामना गर्नका लागि उक्त पनडुब्बी उपलब्ध गराइन लागेको हो । उक्त पनडुब्बीमा आणविक हतियार चाहिँ हुने छैन ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिजियानले अकिस साझेदारीबाट क्षे...