चीनले ताइवानका विषयमा बिहीवार कठोर भाषा अपनाउँदै स्वतन्त्रताको अर्थ युद्ध हुने बताएको छ ।
उत्तेजक गतिविधि र विदेशी हस्तक्षेपको जवाफ दिन आफूहरूको सशस्त्र बलले कारवाही गर्ने उसले बताएको छ ।
ताइवानलाई चीनले आफ्नै भूमि भनी दाबी गर्ने गरेको छ । केही दिनअघि ताइवानको दक्षिणपश्चिममा रहेको एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा चीनका लडाकू विमान र बमवर्षक विमानहरू प्रवेश गरेको ताइवानले बताएपछि वाशिङटनले चिन्ता व्यक्त गरेको थियो ।
ताइवान सरकारले औपचारिक रूपमा स्वतन्त्रताको घोषणा गर्न लागेको विश्वास चीनले लिए...