प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल (साढे चार वर्ष)मा ३ सय ११ वटा बैठक बस्यो । संसदीय अभ्यासमा सांसदहरु जति धेरै सक्रिय रहन्छन्, त्यति धेरै त्यसको गरिमा र भूमिका प्रभावकारी हुने मानिन्छ । किनकि सांसदहरुले जनताका समस्या बैठकको शून्य समयमा उठाउने गर्दछन् । यस्तै कानुन निर्माणका क्रममा सरकारले संसदमा प्रस्तुत गरेको विधेयकलाई थप परिमार्जन गर्दै समृद्ध बनाउन पनि सांसदहरुको भूमिका महत्वपूर्ण हुन्छ ।यस्तै निर्माण भएका कानुनको कार्यान्वयनको विषयमा सरकारलाई खबरदारी गर्ने, भ्रष्टाचार, अनियमितता र कु