सरकारले संघ र प्रदेशको निर्वाचन आगामी मङ्सिर ४ गतेलाई तोकिसकेको छ । आफ्नो कार्यकाल सकिन अब साढे ३ महिना मात्रै बाँकी छँदा पनि प्रदेशसभाले आफ्नो प्रदेश १ को नामकरण गर्न सकेको छैन । अहिलेसम्म दलहरूको तयारी र प्रदेशसभाको अवस्था हेर्दा नामकरणको विषय अब यो कार्यकाल हल्लाहल्लैमा सीमित हुने देखिन्छ । सबैभन्दा बढी सांसद (दुई तिहाइ) सङ्ख्या भएको तत्कालीन नेकपा हुँदा पनि प्रदेशले नामको टुङ्गो लाग्न सकेन । ‘संविधानसभाले ८ वर्षमा टुङ्गो लगाउन नसकेको नाम सजिलै टुङ्गिहाल्छ भन्ने होइन,’ प