खेलको म्यान अफ द म्याच हिमालयनका संजित राईले नगद ५ हजार ५ सय रुपैयाँ पाए। उत्कृष्ट गोलरक्षक किशोर गिरी, एन्जलगुरुङ उत्कृष्ट डिफेन्स, उत्कृष्ट फरवाड मुतुम्बा र उत्कृष्ट प्रशिक्षक युगलकिशोर राईले जनही ११ हजार रुपैयाँ पुरस्कार पाए।...
विर्तामोड युथ क्लब झापा छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रबार लक्ष्मीमार्ग खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा झापाले सहलेश युथ क्लब सिरहालाई सडनडेथमा ४–३ गोलले हराउँदै उपाधि यात्रा तय गरेको हो ।
आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्गको चुनौती ३–१ गोलले पन्छाउँदै ब्रिगेड ब्वाइज क्लब काठमाडौं छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । ब्रिगडले उपाधिका लागि सहलेश युथ क्लब सिरहा र विर्तामोड यूथ क्लब झापा बीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्ने छ ।
एपीएफ क्लबले मोरङको लक्ष्मीमार्गमा भएको पाँचौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले बुधबार फाइनलमा राजारानी फुटबल क्लब धनकुटालाई १–० गोलले हराएरु ८ लाख १ हजार रुपैयाँ पुरस्कार जित्यो । राजारानीले ४ लाख रुपैयाँमा चित्त बुझायो ।
बेलबारी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मीमार्ग मोरङमा बुधबार भएको फाइनलमा हिमालयन शेर्पाले एपिएफलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । शेर्पाको जितमा एन्जल गुरुङ, मुटुम्बा र सुरज कुमालले गोल गरे । एपिएफका रवि थिङले एक […]