बेलबारी गोल्डकप : उपाधिका लागि विर्तामोड र ब्रिगेड ब्वाईज भिड्ने

विर्तामोड युथ क्लब झापा छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रबार लक्ष्मीमार्ग खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा झापाले सहलेश युथ क्लब सिरहालाई सडनडेथमा ४–३ गोलले हराउँदै उपाधि यात्रा तय गरेको हो ।

सम्बन्धित सामग्री

बेलबारी गोल्डकपको उपाधि ब्रिगेड ब्वाईजलाई

विर्तामोड यूथ क्लब झापालाई टाईब्रेकरमा ५–३ गोलले हराउँदै ब्रिगेड ब्वाईज क्लब काठमाडौंले शनिबार छैठौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बेलबारी गोल्डकप : ब्रिगेड ब्वाइज क्लब काठमाडौं उपाधि नजिक

आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्गको चुनौती ३–१ गोलले पन्छाउँदै ब्रिगेड ब्वाइज क्लब काठमाडौं छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । ब्रिगडले उपाधिका लागि सहलेश युथ क्लब सिरहा र विर्तामोड यूथ क्लब झापा बीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्ने छ ।