विश्व बल्ल तल्ल कोरोना महामारीको लकडाउनबाट माथि उठ्न लागेको बेलामा नयाँ भेरियन्टले निम्ताएको अर्को लहरले समस्यामा पारेको छ । विश्वको ठूलो जनसंख्यालाई खोप दिइसकिएको छ । तैपनि कोरोनाको ग्राफ उकालो लाग्ने क्रममा छ । यता, कोरोना कालमा विश्वमा रक्सी र चुरोटको लतमा पनि वृद्धि भएको एक अध्ययनले देखाएको छ । विशेष गरी युरोपेली देशमा यसले चिन्ता थप बढाएको छ । यो नतिजा एडिक्सन जर्नलमा प्रकाशित भएको हो । अध्ययनका अनुसार बेलायतको पहिलो लकडाउनको अवधिमा महामारी भन्दा पहिलेको तुलनामा ४५ लाखभन्दा बढी युवाले