मुख्य सुरुङ ३४७ मिटर खन्न बाँकी

काठमाडौं– निर्माणाधीन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको प्रगति ९३.७० प्रतिशत पुगेको छ । आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये २ हजार ३ सय ४०.४० मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।’ आयोजनाको गत महिना कुल ९१.७० प्रतिशत काम पूरा भएकोे थियो […]