अक्सिजनसहितको २२२ शय्याको आइसोलेशन केन्द्र स्थापना

नुवाकोट । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गरेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधवारसम्ममा जिल्लाका १२ ओटा स्थानीय तहसहित नेपाली सेनाको नं एक तालीम गण र त्रिशूली अस्पतालमा गरेर २२२ शøयाको आइसोलेसन सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालका अनुसार जिल्लाका अधिकांश स्थानीय तहले पहिलो चरणको कोरोना महामारीको समयमा तयार गरेका आइसोलेसनलाई पुनः सञ्चालनमा ल्याएका छन् भने केहीले यसअघि बनाएको क्वारेन्टिनलाई स्तरोन्नति गरेर हाल आइसोलेशन केन्द्रमा रूपान्तरण गरेका छन् । ‘स्थानीय तहले बनाएका आइसोलेसनमा चिकित्सक, अक्सिजन सिलिण्डरसहितको सुविधा उपलब्ध छ’, सूचना अधिकृत खनालले भने, ‘कोरोना संक्रमितको स्वास्थ्य समस्या नभएसम्म घरमै बस्न र कमजोर महशुस भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्न भनेकाले हाल नुवाकोटमा बिरामीको उपचारका लागि शøयाको अभाव देखिँदैन ।’ आइसोलेशन कक्षमा अक्सिजन सहित अक्सिजन कन्सन्ट्रेटर, पल्स–अक्सोमिटर, पीपीई, भाइरस परीक्षण गर्ने एण्टिजेन कीट, पीसीआरका लागि स्वाब संकलन गर्न भीटीएम सहितको सुविधा रहेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जानकारी दिए । जिल्लाका स्थानीय तहहरू विदुर, बेलकोटगढी, तादी, शिवपुरी, ककनी, म्यागङले बनाएको केन्द्रमा चिकित्सक सहित बिरामीको उपचार सेवाका लागि स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्य कार्यालय र जिससले ती केन्द्रको अनुगमन गरेर गर्नुपर्ने सुधारदेखि आवश्यकता अनुसार शय्या बढाउने तयारी गर्न सुझाव दिएका थिए । हाल २०० शय्या रहेकोमा आवश्यकताको आधारमा वृद्धि गरेर ३०० सम्म पु¥याउन सकिने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए ।

सम्बन्धित सामग्री

कोभिड-१९ आयुर्वेद आइसोलेशन केन्द्र सञ्चालनमा

आयुर्वेद, जडीबुटी, व्यायाम, योग, प्रणायम, जीवनशैली व्यवस्थापन र अमृत भोजनका साथमा कोरोना सङ्क्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको हो।

गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका

गाउँपालिकाले पछिल्लो समय कुरिनटार, मुग्लिन बजार र स्याङ्दीमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिए।

संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका

संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका

गौशालामा कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालन

स्थानीय गौशालामा ५१ शय्याको निःशुल्क कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्नुभयो । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रं (सिसिएमसी)का संयोजक पोखरेललाई जानकारी गराउनुभयो । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध सबैले …

चन्द्रागिरिमा अक्सिजनसहित ६० शय्याको आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौँ : काठमाडौँको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो। नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानुदिन कोरोना सङ्क्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी…

चन्द्रागिरीमा ६० बेडको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा

काठमाडौं। काठमाडौँको चन्द्रागिरी नगरपालिकामा ३०/३० बेडको अक्सिजनसहितको दुईवटा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ। नगरपालिकामा कोरोना संक्रमण बढेपछि आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम गिरीले बताए। केन्द्रमा दक्ष चिकित्सक र नर्सहरु राखिएको छ। नगरपालिकाको वडा नं ८ स्थित मातातीर्थमा रहेको सामुदायिक अस्पताल भवनमा ३० बेड र वडा नं ३ स्थित थानकोट प्राथमिक अस्पतालमा ३० बेडको अक्सिजनसहितको केन्द्र सञ्चालन गरिएको छ।

सेनाले आइसोलेशन केन्द्र संचालनमा ल्याउने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको वसुन्धरामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गरेका छन् ।  निरीक्षणकै क्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन आग्रह गरे ।  उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसै साताबाट नेपाली सेनाले आइसोलेशन केन्द्र संचालनमा ल्याउने तयारी गरेको छ । तत्काल ८८ शैयाको अक्सिजन थेरापी

टोखा नगरपालिकाले ल्‍यायो १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा

काठमाडौँ । टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । उक्त नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ शय्याको आइसोलेशन सेन्टर निर्माण गरिएको हो ।

ठाउँ-ठाउँमा आइसोलेशन केन्द्र बन्दै, अक्सिजन उत्पादन बढाइँदै

काठमाण्डाै - ठाउँ-ठाउँमा आइसोलेशन केन्द्र बनाउने र अक्सिजन उत्पादन बढाउने काम सुरु भएको छ । काठमाण्डौसहित सङ्क्रमित बढी भएका जिल्लाका अस्पतालमा बिरामीले बेड पाउने सम्भावना कम हुँदै गएपछि स्थानीयबासिन्दा, सङ्घसंस्था, पालिका र प्रदेश सरकारको पहलमा आइसोलेशन केन्द्र बनाउन थालिएको हो । कतिपय ठाउँमा अक्सिजनसहितको आइसोलेशन केन्द्र बनिसकेको छ भने कतिपय ठाउँमा बनाउने तयारी छ । केन्द्र सरकारले भौतिक पूर्वाधारको सङ्ख्या बढाउने तयारी गरेसँगै पालिकाहरुमा पनि आइसोलेशन केन्द्र तथा अस्थायी अस्पताल बनाउने क्रम बढ्न थालेको हो । पा...

नेपालगञ्जमा अक्सिजनसहितकाे ५० बेडको आइसोलेशन केन्द्र सञ्चालनमा

बाँके - नेपालगञ्ज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० बेडको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएकाे छ । कोरोनाको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या अत्याधिक बढेपछि सहरका अस्पतालमा बेड अभाव भएपछि अभाव टार्न उपमहानगरपालिकाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएकाे हाे । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगञ्जको रामलीला मैदानमा रहेकाे तालिम केन्द्रमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापा मगरले बताउनुभयो । उहाँले आइसोलेशन केन्द्र सञ्चालनमा आएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने बताउनुभय...