काठमाण्डाै - ठाउँ-ठाउँमा आइसोलेशन केन्द्र बनाउने र अक्सिजन उत्पादन बढाउने काम सुरु भएको छ ।
काठमाण्डौसहित सङ्क्रमित बढी भएका जिल्लाका अस्पतालमा बिरामीले बेड पाउने सम्भावना कम हुँदै गएपछि स्थानीयबासिन्दा, सङ्घसंस्था, पालिका र प्रदेश सरकारको पहलमा आइसोलेशन केन्द्र बनाउन थालिएको हो । कतिपय ठाउँमा अक्सिजनसहितको आइसोलेशन केन्द्र बनिसकेको छ भने कतिपय ठाउँमा बनाउने तयारी छ ।
केन्द्र सरकारले भौतिक पूर्वाधारको सङ्ख्या बढाउने तयारी गरेसँगै पालिकाहरुमा पनि आइसोलेशन केन्द्र तथा अस्थायी अस्पताल बनाउने क्रम बढ्न थालेको हो । पा...