उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको वसुन्धरामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गरेका छन् । निरीक्षणकै क्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन आग्रह गरे । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसै साताबाट नेपाली सेनाले आइसोलेशन केन्द्र संचालनमा ल्याउने तयारी गरेको छ । तत्काल ८८ शैयाको अक्सिजन थेरापी