काठमाडौँ – हिमालयन बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित चम्मनचोकमा महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ। बैंकले उक्त शाखाबाट सम्पूर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधा उपलब्ध गराउने जनाएको छ। महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले शाखाबाट कारोबार सुरु गरेको छ। बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुरपश्चिम प्रदेशको आठौं शाखा हो। […]