प्रहरीसहित दुई जनालाई खुकुरी प्रहार गर्ने शनि तामाङलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । गत पुस १० गते राति १२ः४५ बजे काठमाडौंको तारकेश्वर नगरपालिका–८ शेषमती लामबगर नजिक सामान्य विषयमा विवाद हुँदा उनले सुवास तामाङलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।रामेछाप जिल्लाको मन्थली लिखुँ गाउँपालिका घर भई हाल तारकेश्वर नगरपालिकाको जरङ्खु बस्ने २९ वर्षीय शनिले दोलखा जिल्लाको चरिकोट गाउँपालिका– १ घर भई हाल तारकेश्वर नगरपालिकाको लामाबगर बस्दै आएका २८ वर्षीय सुवासलाई खुकुरी प्रहार गरी भाग्न