काठमाडौं : अनलाइन टेलिभिजन पत्रकार संघले पत्रकार कुश्लभ केसीमाथि भएको आक्रमणको घटनामा दोषीलाई पुर्पक्षका लागि थुनामा पठाईएको भन्दै खुशी व्यक्त गरेको छ। आज पत्रकार सम्मेलनको आयोजना गर्दै संघले समाचार संकलनको क्रममा पत्रकार केसीमाथि खुकुरी प्रहार भएको घटनामा अहिले अदालतले दोषीलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको भन्दै खुशी व्यक्त गरेको हो।कृष्ण सुनुवार र विष्णुकुमार कार्की बीच भएको आपसी लेनदेनको विषयलाई लिएर झगडा भइरहेको अवस्थामा रिपोर्टिङ गर्न पुगेका पत्रकार केसीमाथि विष्णुकुम