भुटानी शरणार्थी प्रकरणमा शान्ति समाजको नारा : ‘ठूला नेता मिलेका : अरब अरब निलेका’

काठमाडौैं । मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै यसका मूल दोषीमाथि कारबाहीको मागसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ ।  ‘नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाऊ : सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याऊ’ भन्ने आह्वानसहित समाजले सोमवार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो ।  प्रदर्शनमा ‘ठूला नेता मिलेका : अरब अरब निलेका’, ‘शीर्ष नेताको सम्पत्ति छानबिन गर’, ‘शीर्ष नेता भ्रष्ट छन् : नेपाली जनता त्रस्त छन्न्’, ‘भ्रष्टाचारको धमिराले देश खोक्रो भइसक्यो, भ्रष्टाचार हटाऊ : लोकतन्त्र बचाऊ, भ्रष्टाचारले लोकतन्त्रलाई कमजोर बनाउँछ’, ‘भ्रष्टाचार लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हो’, ‘लोकतन्त्रको सबैभन्दा ठूलो शत्रु : कुशासन र दण्डहीनता’, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरूसहित सबैलाई कारबाही गर’ लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो ।      एक घण्टासम्म भएको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रमुख दलका शीर्ष नेताको गलत आचरणका कारण लोकतन्त्र र देश संकटमा पर्न थालेको भन्दै प्रमुख दलका शीर्ष नेताको तत्काल सम्पत्ति छानबिन हुनुपर्नेमा जोड दिए । प्रदर्शनमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनीले मन्तव्य राखेका थिए । कार्यक्रममा स्रष्टाहरू अर्जुन पराजुली, रामेश्वरी पन्त र धीरेन्द्र प्रेमर्षिले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाहीको माग गर्दै कविता प्रस्तुत गरेका थिए । प्रदर्शनमा सत्याग्रही डा. गोविन्द केसी, शान्ति समाजका पूर्वसभापतिहरू होमकान्त चौलागाईं र डा. गंगाधर अधिकारी, पदाधिकारी कृष्णबहादुर रावल, रामप्रसाद जोशी, चन्द्रमणि बञ्जारा, किरण ढकाल, नम्रता खरेल, दिवाकर पुडासैनी, अधिकारकर्मीहरू रत्नलक्ष्मी श्रेष्ठ, बलबहादुर गाहा मगर, जगन्नाथ पुडासैनी, विमल अर्याल, गीता तिमल्सिना, उमा गौतम, भगवान पुडासैनी, प्रमोद फुयाल, ईश्वर पुडासैनी, जयराम पुडासैनी, नानिकाजी गिरी, विकास थापा, रमेश बराल, रुपा गिरी, शर्मिला बोेगटी, रोज विष्टसहितका अधिकारकर्मीको सहभागिता थियो । रासस 

सम्बन्धित सामग्री

भुटानी शरणार्थी प्रकरण मुद्दा एक सातादेखि सुनुवाइमै

विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको मुद्दाको सुनुवाई उच्च अदालत पाटनमा आज पनि हेर्दाहेर्दैमा रहेको छ।...

नक्कली भुटानी शरणार्थी प्रकरण: अभियोजन नै गलत भएको जिकिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीहरुको सुनुवाइ सुरु भएको छ।...

हेर्दाहेर्दैमा राखियो नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । सरकारी वकिल कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा आज (शुक्रबार) जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा ‘हेर्दाहेर्दै’मा राखेको हो । सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा (एमाले) नेता तथा प्रतिनिधि …

नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन्। ठगीमा उनको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले नेपालीलाई नक्कली शरणार्थीको परिचयपत्र नै दिएको पुष्टि...

नेपालीलाई भुटानी शरणार्थी बनाउने धन्दामा कसरी जोडियो गृह प्रशासन ?

२० वैशाख, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै लाखौं असुलेको गिरोहलाई राजनीतिक नेतृत्वदेखि गृह मन्त्रालयका सचिवसम्मले सहयोग गरेको भेटिएको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । […]

भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न नौ जना सार्वजनिक

भुटानी शरणार्थी लालबहादुर गुरुङको हत्यामा संलग्नलाई प्रहरी पक्राउ गरी आज ९शुक्रबार ०सार्वजनिक गरेको छ । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगी क्याम्पमा बस्ने ४४ वर्षीय एल।बि।भन्ने लालबहादुर गुरुङलाई १०÷१२ जना अपरिचित व्यक्तिहरूले खुकुरी, ढुङ्गा प्रहार गरि खुट्टाको छिपारी, घुँडा र दाहिने कुममा काटी गम्भीर घाइते बनाई फरार भएका थिए । गुरुङको उपचारको क्रममा झापाको विएण्डसी […]

भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ

दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ४६ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न भएको आशङ्कामा केहीलाई इलाम प्रहरीले पक्राउ गरिसकेको र उनीहरूका बारेमा थप...

भुटानी शरणार्थी नेता डा.भम्पा राईकाे निधन

भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन भएको छ । भुटानी शरणार्थी स्वदेश फिर्ती आन्दोलनका अगुवा नेता राईको ७५ वर्षको उमेरमा निधन भएको हो । उनको आइतबार बिहान २ बजेर...

भुटानी शरणार्थी शिविरभित्र एकजना मृत फेला

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविर भित्र एक व्यक्त्ति मृत फेला परेका छन् । शरणार्थी शिविरको ‘सेक्टर सी’मा बस्दै आएका ४० वर्षीय दलबहादुर मगर शुक्रबार घरभित्रै ओछ्यानमा मृत फेला...

भुटानी शरणार्थी शिविरमा आगलागी, जलेर एकको मृत्यु

भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक शरणार्थी वृद्धको मृत्यु भएको छ । दमक– ३ स्थित भुटानी शरणार्थी शिविर डी– ४ छाप्रो नम्बर ३२५ मा आगो लागेको हो  ।  आगलागीमा...