देउवालाई चुनौती दिँदा लम्बियो प्रदेश १ सरकारको आयु

विराटनगर– प्रदेश १ सरकारको नेतृत्व पाउनुपर्ने नेपाली कांग्रेसले अडान राख्दै आएको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारलाई दरिलो बनाउन बागमती र प्रदेश १ मा सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने बताएका थिए । नेकपा एकीकृत समाजवादीलाई मनाउनका लागि देउवाले गरेको निर्णय अहिले उनकै लागि झन्झटिलो बनेको छ । कांग्रेसकै नेता शेखर कोइराला खेमाका […]

सम्बन्धित सामग्री

आचार्य नेतृत्वको सरकार कार्तिक १५ मै बिदा होला त ?

बागमती प्रदेशमा बिहीबार गठबन्धन सरकार गठन भए पनि प्रदेश १ मा नेपाली काँग्रेसको लफडाका कारण मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारको आयु लम्बिएको छ । केन्द्रमा पाँच दलीय गठबन्धनबीचको सहमति अनुसार काँग्रेस अघि बढेको भए प्रदेश १ मा तीन दिन अघि नै सरकार परिवर्तन भइसक्थ्यो । काँग्रेसभित्र शेखर कोइराला पक्षले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने अडान राखेका कारण कात्तिक ७ गतेका लागि बोलाइएको प्रदेशसभा बैठक कात्तिक १५ गतेका लागि सारिएको छ ।प्रदेशसभा बैठक सार्नुमा काँग्रेसकै भूमिका देखिएक

विपक्षी गठबन्धनमा खटपट: प्रदेश १ को सरकारको आयु लम्बियो

हरिहर नेपाल, विराटनगर । विपक्षी गठबन्धनमा खटपट र असन्तुष्टिले एमाले नेतृत्वको प्रदेश १ को सरकारको आयु लम्बिएको छ । विशेष गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दै अड्को थापेपछि भीम आचार्य सरकारको आयु लम्बिएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा आधा भाग खोजेपछि प्रदेश १ को सरकारको आयु केहि दिन थपिएको […]

प्रदेश १: सत्ता परिवर्तनमा कांग्रेसको अड्को

प्रस्तावमाथि छलफल र मत विभाजन हुने दिन आइतबार नेपाली कांग्रेसले आधा कार्यकाल मुख्यमन्त्रीका लागि दाबी गर्दै प्रदेशसभा बैठक नै स्थगित गर्न माग गरेपछि प्रदेश १ को सरकारको आयु केही दिनका लागि लम्बिएको हो।...

एक साता लम्बियो प्रदेश १ मा आचार्य नेतृत्वको सरकार

संविधानको आफू अनुकूल व्याख्या, त्यसपछि सभामुखको उपयोग र चाडपर्वको वहानामा विश्वासको मत नलिई सरकारको आयु लम्ब्याइरहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई कांग्रेसमा चर्किएको विवादले थप एक साता जोगाइदिएको छ।

एक साता लम्बियो प्रदेश १ मा आचार्य नेतृत्वको सरकार

संविधानको आफू अनुकूल व्याख्या, त्यसपछि सभामुखको उपयोग र चाडपर्वको वहानामा विश्वासको मत नलिई सरकारको आयु लम्ब्याइरहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई कांग्रेसमा चर्किएको विवादले थप एक साता जोगाइदिएको छ।

मुख्यमन्त्री आचार्यको कार्यकाल यसरी लम्ब्याइयो थप ८ दिन

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको पद अन्ततः ८ दिन थप लम्बिएको छ । आइतबार विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउन बस्नुपर्ने प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित भएसँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारको आयु ८ दिन लम्बिएको हो । पूर्वनिर्धारित कार्यतालिकाअनुसार प्रदेशसभा बैठक आइतबार सञ्चालन हुन्थ्यो भने मुख्यमन्त्री आचार्यले आइतबार नै सत्ता छाड्नु पर्दथ्यो । तर, नाटकीय रुपमा उनको कार्यकाल ८ दिनसम्म लम्बिएको छ ।सत्तारुढ दल नेकपा एमालेले प्रदेश सरकारको आयु केही दिन लम्

प्रदेश १ : जबरजस्ती सरकारको आयु लम्ब्याउँदै, कार्यकर्ता भर्ती तीव्र

विराटनगर : पार्टी विभाजन भएसँगै हतारमा मुख्यमन्त्री बनेका प्रदेश १ का भीमप्रसाद आचार्यले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यात्मक स्थितिको वास्तै नगरी कार्यकर्ता भर्ती तीव्र पारेका छन्।गठन हुँदै अल्पमतमा परिसकेको र विश्वासको मतसमेत नलिएको सरकारले महत्वपूर्ण सरकारी निकायमा धमाधम गरेको कार्यकर्ता भर्तीलाई प्रदेशको विपक्षी गठबन्धनले कडा विरोध गरेकै छ।आइतबार एकै दिन २२ जनालाई विभिन्न बोर्ड र समितिमा नियुक्ति दिएका मुख्यमन्त्रीले अन्य समितिमा पनि नियुक्ति प्रक्रिया थालेका

प्रदेश सरकारको आयु लम्ब्याउन सभामुखले साथ दिएको आरोप

विराटनगर । प्रदेश १ को प्रदेशसभामा विपक्षी दलका नेताहरूले प्रदेश सरकार र सभामुखको चर्को आलोचना गरेका छन् । संविधान र कानून विपरीत सरकारले संविधानको गलत व्याख्या गर्ने र त्यसमा सभामुखले सहयोग गरेको भन्दै प्रदेशसभाको आइतवारको बैठकमा नेताहरूले चर्को विरोध गरेका हुन् । गठन हुँदै प्रष्ट अल्पमतमा परिसकेको भीम आचार्य नेतृत्वको प्रदेश १ सरकारले कार्यकर्तालाई विभिन्न नियुक्ति दिलाउन सरकारको आयु लम्ब्याउन चाहेको आरोप समेत नेताहरूले लगाएका छन् । नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र राईले विशेष समय लिएर बोल्दै सरकार निर्लज्ज बनेर आयु लम्ब्याउन लागेको र त्यसमा सभामुखले साथ दिएको उनीहरूले बताएका थिए । ‘सरकारले प्रस्ताव ल्याएको छैन भनेर सभामुखले छूट पाउनुहुन्न,’ ती दुवै नेताको साझा कथन थियो, ‘सभामुख व्यवस्थापिका प्रमुख हो । सरकार संविधान बाहिर जाँदा उहाँले सरकारलाई रुलिङ गर्नुपर्छ ।’ एमालेमा छँदा तत्कालीन माधव नेपाल समूह निकट रहेका आचार्यका विश्वासपात्र सभामुख प्रदीप भण्डारीले शनिवार दिनभर विपक्षी गठबन्धनका नेताहरूलाई फोन गरेर दशैंपछिसम्म पर्खिदिन आग्रह नै गरेका थिए । तर, विपक्षी दलका नेताहरूले दशैं भनेर धर नपाइने भन्दै संसद् जारी राख्नुपर्ने माग गरेका छन् । सभामुखले सोमवार एक बजेका लागि संसद् बोलाएका छन् । नेकपा एमाले र जनता समाजवादी पार्टी एकै दिन विभाजित हुँदा समान राजनीतिक घटनाक्रमबाट गुज्रिएका तीनओटा प्रदेश सरकारमध्ये प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिइसकेका छन् । आइतवार विश्वासको मत लिने तय बागमतीमा भइसकेको छ । प्रदेश १ मा भने आइतवार प्रस्ताव समेत दर्ता भएको छैन ।

प्रदेश १ : आयु लम्ब्याउने सरकारी योजनालाई सभामुखको साथ

‘सभामुख आफैं सरकारको आयु लम्ब्याउन लागिपरेको आज प्रमाणित भयो,’ विपक्षी गठबन्धनका एक जना नेताले भने,‘उहाँले फोन गरेर दसैंपछिसम्म पर्खिदिन भन्नुभयो। हामीले त्यो प्रस्ताव अस्वीकार गर्यौं।’

खनाल–नेपालको साथले तत्काललाई प्रदेश १ सरकार संकटमुक्त

नेकपा एमालेको एकल नेतृत्वको सरकार रहेको प्रदेश १ मा तत्काल नयाँ सत्ता समीकरणको सम्भावना टरेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलले तत्काल सरकारको विकल्प दिन नसक्ने देखिएसँगै मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारको आयु लम्बिएको हो ।केन्द्रमा विपक्षी दलहरुले प्रदेश १ को सन्दर्भमा नयाँ सत्ता समीकरणका लागि छ...