विराटनगर : पार्टी विभाजन भएसँगै हतारमा मुख्यमन्त्री बनेका प्रदेश १ का भीमप्रसाद आचार्यले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यात्मक स्थितिको वास्तै नगरी कार्यकर्ता भर्ती तीव्र पारेका छन्।गठन हुँदै अल्पमतमा परिसकेको र विश्वासको मतसमेत नलिएको सरकारले महत्वपूर्ण सरकारी निकायमा धमाधम गरेको कार्यकर्ता भर्तीलाई प्रदेशको विपक्षी गठबन्धनले कडा विरोध गरेकै छ।आइतबार एकै दिन २२ जनालाई विभिन्न बोर्ड र समितिमा नियुक्ति दिएका मुख्यमन्त्रीले अन्य समितिमा पनि नियुक्ति प्रक्रिया थालेका