प्रदेश १ : आयु लम्ब्याउने सरकारी योजनालाई सभामुखको साथ
‘सभामुख आफैं सरकारको आयु लम्ब्याउन लागिपरेको आज प्रमाणित भयो,’ विपक्षी गठबन्धनका एक जना नेताले भने,‘उहाँले फोन गरेर दसैंपछिसम्म पर्खिदिन भन्नुभयो। हामीले त्यो प्रस्ताव अस्वीकार गर्यौं।’
विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि आइतवार मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । आचार्य मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा छन् । एमाले विभाजन भएपछि उनले बहुमत जुटाउन नसक्ने अड्कल गरिँदै आएको छ । पहिले माधव नेपाल पक्षधर उनी मुख्यमन्त्री पद पाएपछि ओली पक्षमा लागेका थिए । शुक्रवारको सदनमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने विषयमा राजनीतिक कुरा भने गरेनन् । संसद्लाई सम्बोधन गर्दै आचार्यले बाढीपहिरोका कारण भएको धनजनको क्षतिबारे सदनलाई जानकारी दिएका थिए ।
गत असोज २५ गते संवैधानिक प्रावधान अनसार आचार्यले विश्वासको मत चाहिएको प्रस्ताव संसद् सचिवालयमा पठाएका थिए । भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो । तर, संवैधानिक प्रावधानको आफू अनुकूल व्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको प्रतिपक्षी दलहरूको आरोप छ ।
प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । एकजना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । यो संख्या सरकार टिकाउन पुग्दो संख्या होइन । संसद्मा स्पष्ट बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा बसेको छ ।
विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरी ५० सांसद छन् ।
केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ, जसअनुसार प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने तय भएको छ ।
विराटनगर । सरकारको रवैया ठिक नभएको भन्दै प्रदेशसभामा विपक्षी दलका नेताहरू सरकारविरुद्ध खनिएका छन् । विपक्षी दलका नेताहरूले सरकारले संविधानको गलत व्याख्या गरेको र यसलाई सभामुखले समेत साथ दिएको भन्दै आलोचना गरे ।
आइतबार प्रदेशसभा बैठकमा बोल्ने विपक्षी दलका नेताहरूले अल्पमतमा परिसकेको भीम आचार्य नेतृत्वको सरकारले आयु लम्ब्याउने तानाबाना बुनिरहेको बताए...
‘त्यसदिन प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाउने, दलका नेताहरूले बोल्ने र बैठक सक्ने योजना रहेको बुझिन्छ। अनि २४ गते प्रस्ताव दर्ता गराएर दसैं-तिहारपछि मात्रै त्यसमा छलफल गराउने तयारीमा सरकार छ।’