प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा बढ्दो, शाखारहित बैंकिङ सेवा घट्दो

 प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकको सङ्ख्या एक वर्षमा ६५.७ प्रतिशतले वृद्धि भएको छ । प्रदेश १ सरकारले पछिल्लो पटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार इन्टरनेट बैंकिङ सेवा लिनेको सङ्ख्या २०७७ सालमा ८३ हजार २८३ थियो । ०७८ सालमा यो सङ्ख्या बढेर १ लाख ३७ हजार ९६६ पुगेको छ ।यस्तै मोबाइल बैंकिङ सेवा लिनेको सङ्ख्यामा पनि ३१.४ प्रतिशतले वृद्धि भएको छ । ०७७ सालमा १८ लाख ९२ हजार ४३७ जनाले मोबाइल बैंकिङ सेवा लिएका थिए भने २०७८ सालमा यो सङ्ख्या २४ लाख ८६ हजार ९८२ पुगेको छ ।डेबिट

सम्बन्धित सामग्री

कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।बैंकले सेवा विस्तार गर्ने क्रममा २५ जेठमा झापाको गेउरियामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । कमल गाउँपालिका वडा नं ७ गेउरिया बस्ने सन्तोष राईलाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।कार्यक्रममा बैंकको प्रदेश–१ का प्रमुख खिमलाल […]

झापाको बाह्रघरेमा सनराइज बैंकको शाखारहित बैंकिङ इकाइ

काठमाडौं (अस) । सनराइज बैंकले झापाको कमल गाउँपालिका–७ बाह्रघरेमा शाखारहित बैंकिङ सेवाको सुरु गरेको छ । बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि विजय गौलीलार्ई प्रतिनिधिका रूपमा नियुक्त गरेको छ । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिनेछ । यो सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत  सेवा लिन सक्नेछन् । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यले शाखारहित इकाइ विस्तार गरिएको बैंकले बताएको छ । कार्यक्रममा गाउँपालिकाको वडा–७ का वडाध्यक्ष पृथ्वीपति राई,  शिक्षक, कर्मचारी, व्यापारीलगायत उपस्थित थिए । बैंकका प्रदेश १ प्रमुख विवेक निरौलाको सभापतित्वमा सञ्चालित कार्यक्रम सञ्चालन दमक शाखाका शाखा प्रबन्धक मदन तिम्सिनाले गरेका थिए । हाल बैंकले १३९ शाखा, ८६ शाखारहित बैंकिङ इकाइ, १३ एक्सटेन्सन काउन्टर र १५९  एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

झापाको बाह्रघरेमा सनराइज बैंकको शाखारहित सेवा विस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले झापाको कमल गाउँपालिका–७ स्थित बाह्रघरेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । यो सँगै सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८६ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा बिजय गौलीलाई नियुक्त गरेको छ । सनराइज बैंक प्रदेश १ का  प्रमुख बिबेक निरौलाको सभापतित्वमा सोमबार सम्पन्न भएको कार्यक्रममा […]

सनराइज बैंकको शाखारहित सेवा विस्तार

सनराइज बैंकले बागमती प्रदेशको रामेछापको मन्थली र प्रदेश १ को ओखलढुंगा मोलुङ्ग गाउँपालिका–१ कुन्तादेवीमा शाखारहित सेवा विस्तार गरेको हो ।बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा सेवा पु-याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गरेको जनाएको छ । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसागै बैंकको शाखारहित बैंकिङ संख्या ८५ पुगेको छ ।बैंकले सेवा सञ्चालनका लाीग फुलासीका […]

सनराइज बैंकका ३ शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं (अस) । सनराइज बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्‍याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ । बैंकले प्रदेश १ उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडियामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश १ कै सुनसरीको दुहबी नगरपालिका–जुटमिल चोकमा  र सुदूरपश्चिम प्रदेश कैलालीको भजनी नगरपालिका–४ खैलाडमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सेवा सञ्चालनका लागि जुटमिल चोकका अमनकुमार साह, खैलाडका स्थानीय व्यवसायी जितेन्द्र चौधरी र हडियाका तारानाथ पौडेललाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध हुनेछन ।

मेगा बैंकका शाखारहित बैंकिङ सेवा बिस्तार

मेगा बैंक नेपालले देशका विभिन्न चार स्थानमा शाखारहित बैंकिङ सेवाको बिस्तार गरेको छ ।प्रदेश–१ स्थित सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १, बागमती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थांङपाल गाउँपालिका वडा नम्बर १, चौतारा साँगाचोकगडी नगरपालिका वडा नम्बर ४ र धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर २, सातदोबाटोमा मेगा बैंकले शाखारहित बैंकिङ सेवाको बिस्तार गरेको हो ।शाखारहित सेवा […]

सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । सनराइज बैंकले थप २ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । प्रदेश २ सर्लाहीको ईश्वरपुर नगरपालिका- १५ सोकनाह बजार र प्रदेश १, सुनसरीको रामधुनी नगरपालिका- २ तित्रिवनमा सेवा थप गरिएको हो । यो सँगै सनराइजको शाखारहित बैंकिङ सेवा ८९ औं पुगेको छ । सेवा सञ्चालनका लागि सोकनाह बजारका जितेन्द्रकुमार साह र तित्रिवनकी स्थानीय […]