स्याङ्जामा कोदो खेतीमा वृद्धि

कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारिरहेका बेला यसको सकरात्मक प्रभाव पनि परेको देखिन्छ । कोरोना कहरले मानिसहरू गाउँमै रहनु, कोदो बाँदरले कमै खानेलगायतका कारणले स्याङ्जामा कोदो खेतिमा वृद्धि भएको छ । लागत र मेहेनत बढी लाग्ने भए पनि स्वास्थ्यबद्र्धक खाद्यको रुपमा रहेको कोदो खेतीमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका बाली संरक्षण अधिकृत सविन कार्कीले बताए । […]

सम्बन्धित सामग्री

सम्भव छ कृषि आयातको प्रतिस्थापन उत्पादन वृद्धि र रोजगारी सृष्टिका आयामहरू

परम्परा, जलवायु र भूगोल कृषि उत्पादनका लागि अनुकूल हुँदाहुँदै पनि नेपाल कृषिजन्य उत्पादनमा दिनानुदिन परनिर्भर बन्दै गएको छ । नेपालमा सबैभन्दा ठूलो रोजगारदाता र कुल गार्हस्थ्य उत्पादनमा करीब एक चौथाइ योगदान भएको भए तापनि नीतिगत, संरक्षणात्मक, प्रोत्साहनात्मक र सुरक्षात्मक वातावरणको कमीले गर्दा कृषिक्षेत्रमा डरलाग्दो व्यापारघाटा देखिएको छ । जीवन रक्षा र राष्ट्रिय सुरक्षाको सबैभन्दा महत्त्वपूर्ण पाटोका रूपमा रहेको कृषिक्षेत्रको विकासमा उचित ध्यानको कमी र अनुचित सक्रियताको बाहुल्यका कारण यो कृषिक्षेत्रमा व्यापारघाटामा यस प्रकारको वृद्धिको अवस्था सृजना भएको हो ।  चालू आव २०७९/८०को प्रथम ९ महीनामा नेपालको कृषिजन्य वस्तुहरूको कुल आयात रू. २२७ अर्ब रहेको छ भने कृषिजन्य वस्तुको आयात राजस्व करीब रू. ४१ अर्ब बराबर रहेको छ । यस अवधिमा कृषिजन्य वस्तुको निर्यात भने रू. ५३ अर्बमा सीमित रहेको छ । यसरी कृषिजन्य उत्पादनको कुल व्यापारघाटा रू. १७४ अर्ब पुग्न गएको छ ।  तथ्यांकमा हेर्नुहोस नेपालमा कृषिजन्य वस्तुको आयातको अवस्था । यसरी नेपालमा कृषिजन्य वस्तुहरूको व्यापारघाटा बढाउने प्रमुख कृषिजन्य वस्तुहरूलाई देहायअनुसार वर्गीकृत गर्न सकिन्छ ।  नेपालको कृषिजन्य वस्तुको व्यापारघाटामा तरकारीको भूमिका प्रमुख रहेको छ । चालू आवको पहिलो ९ महीनामा कुल रू. १४ अर्ब बराबरको ४ लाख ८४ हजार ५ सय २८ मेट्रिक टन (मेट) तरकारी आयात भएको छ । यसरी आयात हुने तरकारीमा आलु, प्याज, लसुन र गोलभेडा प्रमुख रहेका छन् । चालू आवको पहिलो ९ महीनामा रू. ६ अर्ब ५६ करोड मूल्य बराबरको २ लाख ५७ हजार मेट ताजा आलु आयात भएको छ । यसैगरी रू. ५ अर्ब बराबरको १ लाख ३८ हजार मेट ताजा प्याज आयात भएको छ । यस्तै रू. ९३ करोड बराबरको ७ हजार ६ सय ५२ मेट लसुन आयात भएको देखिन्छ भने रू. ४८ करोड मूल्य बराबरको ३६ हजार ७ सय ८२ मेट बराबरको ताजा गोलभेडा पनि यस अवधिमा आयात भएको देखिन्छ । उचित नीति र कार्यक्रमको व्यवस्था हुनासाथ यी चारथरी तरकारीमा ६ महीनाभित्रै आत्मनिर्भर हुन सकिन्छ । भारतको आलुमा रोजगार सृजनालाई आधार मान्ने हो भने पनि आलु क्षेत्रमा मात्रै थप १८ लाख ७४ हजार ६ सय ७३ दिन जना रोजगारी सृजना हुने देखिन्छ । गोलभेडा, प्याज र लसुनमा पनि यही अनुपातमा रोजगारी वृद्धि हुने देखिन्छ । श्रममा आधारित तरकारी खेतीमा हुने आत्मनिर्भरताले स्वदेशमा ठूलो रोजगारी सृजना गर्न सक्ने प्रबल सम्भावना रहेको छ ।  चालू आवको प्रथम ९ महीनामा रू. ११ अर्ब बराबरको १ लाख १३ हजार २ सय ६१ मेट दलहन आयात भएको छ । तिनमा मसुरो, चना, मास, मुँग, केराउ र बोडी रहेका छन् । दलहनको कुल आयातमा मसुराको अंश मात्रै करीब ५० प्रतिशत रहेको छ । उचित रणनीति अंगीकार गर्ने हो भने सबैप्रकारका दलहनमा नेपाल आत्मनिर्भर हुन करीब ६ महीना लाग्ने मात्र हो । सबै प्रकारका दलहनमा आत्मनिर्भर हुँदा थप १ लाख १३ हजार रोजगार सृजना हुने देखिन्छ ।  नट्सहरूतर्फ २ हजार १ सय १५ मेट बराबरको रू. ६९ करोड मूल्यको ओखर आयात भएको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाहरूमा अभियान सञ्चालन गर्ने हो भने ५ देखि ७ वर्षभित्र नेपाल ओखरमा आत्मनिर्भर हुने देखिन्छ । फलपूmलतर्फ १ लाख ८१ हजार ९ सय ४४ मेट बराबरको रू. ११ अर्बको ताजा फलपूmल आयात भएको छ । नेपालमा बढी आयात हुने फलपूmलमा स्याउ, अंगुर, अनार, केरा, कागती, आँप र सुन्तला प्रमुख रहेका छन् । उचित रणनीति अंगीकार गर्ने हो उपर्युक्त फलपूmलमध्ये ५ वर्षमा आँप, सुन्तला, अंगुर र अनारको आयात प्रतिस्थापन गर्न सकिन्छ । यस्तै ६ महीनामा केराको आयात सजिलै प्रतिस्थापन गर्न सकिन्छ ।  चालू आवको पहिलो ९ महीना मसलातर्फ २० हजार मेट बराबरको रू. ५ अर्बको मसला आयात भएको छ । यसरी आयात हुने मसलामा जीरा, धनियाँ, खुर्सानी, सुकमेल, ल्वाङ, मरिच, बेसार, मेथी, ज्वानो आदि प्रमुख रहेका छन् । उपयुक्त वातावरण सृजना गर्न सकेको खण्डमा उपर्युक्त मसलामध्ये खुर्सानी, बेसार, मेथी र ज्वानो आयातलाई ६ महीनामै प्रतिस्थापन गर्न सकिन्छ ।  यसैगरी चालू आवको पहिलो ९ महीनामा ९ लाख ७२ हजार ६ सय ७५ मेट बराबरको रू. ४३ अर्ब ५३ करोड बराबरको खाद्यान्न आयात भएको छ । यसरी आयात हुने प्रमुख खाद्यान्नमा चामल/धान, मकै, गहुँ र कोदो प्रमुख रूपमा रहेका छन् । उचित रणनीति अंगीकार गर्ने हो भने ६ महीनाको अवधिमा नै यी वस्तुहरूमा आत्मनिर्भर हुन सक्ने देखिन्छ ।  यस अवधिमा रू. १६ अर्ब ८१ करोड मूल्य बराबरको तेलहनका दानाहरू आयात भएको छ । यसरी आयात हुने दानाहरूमा भटमास, तोरी र बदामको बाहुल्य रहेको छ । यी तीनओटा वस्तुको नेपालमा उत्पादन सम्भावना प्रशस्त मात्रामा रहेको छ । यसैगरी यस अवधिमा ३ लाख ७० हजार ४ सय २३ लिटर बराबरको रू. ६८ अर्ब बराबरको खानेतेल आयात भएको छ । यस आयातमा भटमास र पामतेलको आयात निर्यात प्रयोजनका लागि समेत भइरहेको सन्दर्भलाई दृष्टिगत गर्दा नेपालमा आन्तरिक उपभोगका लागि आयात हुने प्रमुख खानेतेलमा पामतेल, तोरी, भटमास र सूर्यमुखी तेल प्रमुख रूपमा रहेका छन् । पामतेल नेपालमा उत्पादन हुन नसक्ने भए पनि अन्य तेलमा नेपाल आत्मनिर्भर हुन धेरै समय लाग्ने देखिँदैन ।  यस अवधिमा ५२ हजार ३ सय २५ मेट बराबरको रू. ३ अर्ब ४८ करोड बराबरको चिनी र मिठाई आयात भएको छ । यसै गरी यस अवधिमा ३ हजार २ सय १ मेट बराबरको रू. १ अर्ब ६६ करोडको चकलेट आयात भएको छ । नेपालमा यी वस्तुमा आत्मनिर्भर हुने आधारभूत संरचना र उद्योगहरू विद्यमान नै रहेको सन्दर्भमा थोरैमात्र संरक्षणात्मक र प्रोत्साहनात्मक नीति अंगीकार गर्ने हो भने यी वस्तुमा पनि २ वर्षभित्र आत्मनिर्भर हुन सक्ने सम्भावना छ ।  नेपालमा प्रशोधित कृषि उत्पादनको आयातको आकार पनि विशाल रहेको छ । चालू आवको प्रथम ९ महीनामा रू. १८ अर्ब बराबरको ४८ हजार २ सय ४४ मेट बराबरको तयारी खाद्य पदार्थ आयात भएको छ । यसै गरी ३ हजार ५ सय ९८ किलो लिटर बराबरको रू. २ अर्ब २० करोड बराबरको मदिराजन्य वस्तुको आयात भएको छ । मदिराजन्य उत्पादनमा लामो इतिहास रहेको सन्दर्भमा यस क्षेत्रमा थोरैमात्र ध्यान दिन सकेको खण्डमा यो आयातलाई पनि धेरै हदसम्म प्रतिस्थापन गर्न सकिन्छ । यस अवधिमा २ लाख ३ हजार ९ सय ३९ मेट बराबरको रू. १४ अर्ब ८३ करोडको पशुआहार आयात भएको देखिन्छ । नेपाल प्रधान कृषि बालीमा आत्मनिर्भर हुँदा साथ यस क्षेत्रमा रहेका ठूलो आकारको आयात सजिलै प्रतिस्थापन हुन सक्ने देखिन्छ ।  यसरी भन्सारदर र क्वारेन्टाइन प्रावधानमार्फत संरक्षणात्मक र अनुदानमार्फत प्रोत्साहनात्मक नीतिको अंगीकार गरी कृषिक्षेत्रमा आत्मनिर्भर अभियान सञ्चालन गर्ने हो भने ५ वर्षभित्र नेपालमा कृषिमा आत्मनिर्भर हुने देखिन्छ । यसरी आत्मनिर्भर हुँदा यस क्षेत्रमा लाखौंको थप सम्मानजनक रोजगारी सृजना हुने देखिन्छ । यस अभियानले उत्पादन वृद्धि र रोजगार सृष्टिको नारालाई सार्थक बनाउने देखिन्छ । लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

कोदो खेतीमा प्रोत्साहन

बहुउपयोगी कोदो नेपालमा वर्षौंअघिदेखि उत्पादन हुने खाद्यान्नमा पर्छ । नेपालको हावापानी सुहाउँदो भएकाले कोदाको उत्पादकत्व पनि राम्रो रहेको पाइन्छ । तर यसले जति महत्त्व पाउनुपर्ने हो त्यो पाउन सकेको छैन । कोदाको उत्पादन वृद्धि गरी आम्दानी बढाउने हो भने सरकारले कोदाको महत्त्वलाई ग्रामीण स्तरसम्म बुझाउन आवश्यक छ ।  चिनी रोगलगायत बिरामीका लागि उपयुक्त हुने भएकाले चिकित्सकले कोदो सेवन गर्ने सल्लाह पनि दिने गर्छन् । कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन र फाइबर उच्च मात्रामा पाइन्छ । कोदोमा चामल र मकैमा भन्दा बढी क्रमश: ३५ र ८ गुणा बढी क्याल्सियम पाइन्छ । कोदोबाट बनेको पाउरोटीको प्रयोग बढ्दो छ । साथै, स्वास्थ्यप्रति सचेत मानिसले कोदाको उपभोग बढाउँदै लगेको पनि पाइन्छ । पहिलापहिला गरीबले खाने खानाका रूपमा चिनिने कोदाको महत्त्व बुझ्नेहरूले यसको प्रयोग गर्ने क्रम पनि बढेको छ । तैपनि सर्वसाधारण तहमा अझै कोदाको बहुउपयोगबारे धेरै जानकारी भएको पाइँदैन । कोदाको राम्रो उत्पादन हुने क्षेत्र पनि बाँझै राखेको देखिन्छ । सरकारी तथ्यांकअनुसार १० वर्षको अवधिमा कोदो खेती हुने जमीनको क्षेत्रफल साढे १२ हजार हेक्टरले घटेको छ । कोदो प्रजातिको खाद्यान्नको उपयोग बढाउने हो भने एकातिर चामलको आयात कम हुनेछ भने अर्कातिर पोषणको स्थितिमा समेत सुधार आउनेछ । तर, नेपाल सरकारले कोदो र यस्तै प्रकृतिका वालीको प्रवर्द्धन गर्न खासै काम गरेको छैन । भारतको प्रस्तावमा संयुक्त राष्ट्रसंघले २०२३ लाई कोदो प्रकृतिका बाली वर्ष मनाउन लागेको छ । नेपालले पनि उक्त कार्यक्रममा सहभागिता जनाउने तयारी गरेको छ । तर, यस्ता कार्यक्रममा सहभागी जनाउनुभन्दा पहिला कोदाको उत्पादन वृद्धि गर्न केकस्ता योजना चाहिने हो, त्यसमा स्पष्ट हुन आवश्यक छ । अझै पनि नेपालमा कृषिखेतीबाट राम्रो आम्दानी हुन्छ भनेर विश्वास गर्नेहरू थोरै छन् । भूबनोटको दृष्टिकोणले निकै सम्भावना हुँदाहुँदै पनि बजार, मूल्य तथा सिँचाइ, मलको समस्या किसानले सधैं भोग्नु परिरहेका दृष्टान्त छन् । अन्य कृषि बालीजस्तै कोदाको पनि एकातिर उत्पादन वृद्धि गर्न आवश्यक छ भने अर्कोतर्फ यसको महत्त्व र बजारीकरणको व्यवस्थापन पनि त्यतिकै जरुरी छ । हुन त नेपालमा कोदाको विदेशबाट आयात पनि हुने गरेको छ । आयात हुनुको अर्थ यसको आवश्यकता र महत्त्व भएरै हो । कोदोबाट मदिरा उत्पादन गर्ने सम्भावना निकै छ । तर, नेपालमा कोदोबाट मदिरा बनाउने काम न व्यावसायिक छ न कानूनी नै । अहिले जेजसरी मदिरा तयार भइरहेको छ, त्यो व्यावसायिक छैन । छिमेकी राष्ट्र भारत, गोवामा मदिरा सेवन गर्नकै लागि ठूलो संख्यामा पर्यटक पुग्ने गर्छन् । गोवामा प्रशस्त मात्रामा उत्पादन हुने काजुबाट मदिरा बनाउने कार्यले व्यावसायिकता पाएको छ । नेपालमा पनि व्यावसायिक तवरले कोदाको मदिरा उत्पादन गर्न दिने हो भने त्यस्ता उद्योगहरूले नै कोदो उत्पादन वृद्धिका लागि अनेक उपाय ल्याउन सक्छन् । नेपाली कोदाको रक्सीको ब्रान्डिङ गर्न पहल भए पनि त्यसमा सरकार सक्रिय नहुँदा चर्चामा मात्रै सीमित हुन पुगेको छ । यसो गर्न सकेको भए कोदाको रक्सीले अन्तरराष्ट्रिय बजार प्राप्त गर्न सक्ने थियो । यस्तो कार्यले पर्यटक आगमनको संख्या पनि वृद्धि हुन्छ । तर, यसका लागि सरकारको सोचमा परिवर्तन आउन आवश्यक छ । कोदो सुक्खा सहन सक्ने बाली हो । यसको खेती समुद्र सतहबाट ५ सयदेखि २४ सय मीटर उचाइसम्म गर्न सकिन्छ । नेपालको पहाडी क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध छैन तर यस्तो ठाउँमा कोदाको खेती गर्न सकिन्छ । अहिले कोदाको पाउरोटीलगायत परिकारको माग पनि बढेको देखिन्छ । तर, धेरैलाई कोदाको परिकार बनाउने शीप छैन । कोदाको परिकार प्रवर्द्धनका लागि विभिन्न मेला तथा तालीम प्रदान गर्नुपर्छ । साथै, यसको उपभोगको फाइदाबारे पनि प्रशस्त प्रचार गरिनुपर्छ । कोदो घुसुवा बालीसमेत हो । अर्थात् कुनै बालीभित्र यसको खेती गर्न सकिन्छ । कोदाको उत्पादन वृद्धि गरी आम्दानी बढाउने हो भने सरकारले कोदाको महत्त्वलाई ग्रामीण स्तरसम्म बुझाउन आवश्यक छ । कोदो प्रकृतिको खाद्यान्नलाई प्रोत्साहन नगर्ने हो भने चामलले मात्रै खाद्यान्नको माग पूरा गर्न सक्दैन ।

लुम्बिनी प्रदेशमै खाद्य बालीमा दाङ र तरकारी खेतीमा रुपन्देही अगाडि

बुटवल । लुम्बिनी प्रदेशमा खाद्य बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ । प्रदेशमा गत वर्षको तुलनामा खाद्य बालीले ढाकेको क्षेत्र २.६४ प्रतिशतले वृद्धि भई ७ लाख ९६ हजार ८५९ हेक्टर कायम भएको छ ।नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो आर्थिक सर्वेक्षण अनुसार कोदो, फापर, गहुँजस्ता बालीको क्षेत्रफल वृद्धि भएको छ । गुल्मी र नवलपरासी पश्चिम जिल्लामा कोदो बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ । यस्तै पूर्व रुकुम, रोल्पा, प्युठान र दाङ जिल्लामा फापर बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको जनाइएको छ ।प्रतिवेद

किसानको आकर्षण घटेसँगै लोप हुँदै रैथाने अन्नबाली

माघ २, पाल्पा । रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनतअनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पालगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।  खेतीयोग्य जमिनमा समेत रैथानेबाली हराउन थालेको छ । जलवायु परिर्वतनले उत्पादनमा कमी आएसँगै किसानको परम्परागत अन्नबाली खेतीमा आकर्षणसमेत घटेको हो ।  बगनासकाली गाउँपालिका–८, बगनासकी जेम कुमारी हिताङ्ग अहिले कोदो र फापरखेतीमा व्यस्त छन् । पहिला तीन चार मुरी कोदो र फापर उत्पादन हुने गरेकामा अहिले २०/२५ पाथी मात्र उत्पादन हुन्छ । कोदो, फापरलगायत रैथानेबालीको माग गाउँ तथा सहरी क्षेत्रमा भने बढ्दो छ ।  पहिला निकै मेहनतका साथ उत्पादन गरिने भएकाले कोदो, फापरलगायत बाली प्रशस्त उत्पादन हुँदै आएको थियो । मेहनत गर्ने मानिसको अभाव, जलवायु परिर्वतन र शहरीकरणले गर्दा परम्परागत अन्नबाली लोप हुँदै गएको कृषक हिताङ्ग बताउँछन् ।  कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन । समुदायका आश्रित व्यक्तिमा काम गर्ने क्षमता छैन । गोरुले जोत्ने खेतबारीमा अहिले ट्र्याटरबाट  खनजोत हुन्छ । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ । परम्परागतरुपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै  आएका छन् । पुराना अन्नबाली फापर, कोदो, जौ, तिल, भटमास, सिलामलगायत अन्नबाली वर्षेनी संकटमा परेको तानसेन नगरपालिका छापकी नरिसरा गाहा बताउँछन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन, बुढापाका पुस्ताका मानिसले मात्र रैथानेबाली कोदो, फापर, गहुँ उत्पादन गरिरहेको उनको भनाइ छ ।  पछिल्ला वर्ष छिटो आम्दानी दिने उन्नत जातका अन्नबालीप्रति किसानले चासो बढाउन थालेका छन् ।  रैथाने अन्नबालीको उत्पादन वृद्धि प्रोत्साहनको अभावमा लोप हुने  अवस्थामा पुगेकाले सरकारले विशेष चासोका साथ बीउ संरक्षण गरी उत्पादन वृद्धिमा चासो दिनुपर्नेमा स्थानीयवासी कमल भण्डारी जोड दिन्छन् । १०/१२ वर्षअघिसम्म कोदो र फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनकोे उत्पादनमा कमी भए पनि बजारमा माग भने बढ्दो छ । निकै स्वादिलो परिकारका रुपमा कोदाको रोटी र ढिलोलाई लिइन्छ । रैथाने अन्नबालीको उत्पादन बढाउन सके स्वदेशका ठूला होटल तथा विदेशमा समेत निर्यात गर्न सकिनेमा उनी जोड दिन्छन् । रासस

स्याङ्जामा यस वर्ष कोदो खेतीमा वृद्धि

भ्दौ ३१, स्याङ्जा  । कोभिड–१९ ले धेरै कुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ । कोरोना संक्रमणका कारण धेरैको रोजगारी गुम्नाका साथै आर्थिक अवस्था खस्कँदो अवस्थामा भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव बढ्दै गएको छ ।  जिल्लामा कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा गएका गाउँघरमा फर्किनाका साथै लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएपछि फुर्सदको समयलाई गाउँघरमा बाँझो रहेको जमिनमा खेतीपाती गरेर सदुपयोग गर्दा उत्पादनमा वृद्धि हुँदै जान थालेको छ । किसानका लागि बढी मेहनत लाग्ने कोदो खेतीमा यस वर्ष वृद्धि भएको छ । मेहनत बढी लाग्ने र उत्पादन कम हुने भन्दै विस्तारै कम हुँदै गएको कोदो खेतीको यस वर्ष वृद्धि भएको हो । स्वास्थ्यका लागि निकै राम्रो र पोसिलो मानिएको कोदो लगाउनका लागि बढी मेहनत गर्नुपर्ने तथा उत्पादन सोचे जति राम्रो नहुने भन्दै केही वर्षदेखि कम मात्रामा लगाउने गरिएको थियो । किसानले यस वर्ष भने कोरोना संक्रमणका कारण बाहिर काममा भएका परिवारका सदस्यसमेत खेतीबाली लगाउने समयमा घरमै हुँदा काम गर्ने जनशक्ति प्रसस्त भएकाले गाउँघरमा त्यसै बाँझो रहेको बारीमा समेत कोदो खेती गरेकाले यो खेती विस्तार गरिएको हो । कोदो खेतीका लागि मेहनत बढी लाग्ने भए पनि स्वास्थ्यवर्द्धक खाद्य बालीका रुपमा रहेको कोदो खेतीमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका प्रमुख विनोद हमालले बताए ।  किसानले यस वर्ष १६ हजार ५०० हेक्टर क्षेत्रफलमा कोदो खेती गरेको उनले जानकारी दिए । अन्य खेती बालीलाई बाँदरले बढी खाएर क्षति पुर्‍याउने भए पनि कोदो खेतीमा बाँदरले समेत कम क्षति पुर्‍याउने भएकाले गत वर्षको तुलनामा यस वर्ष किसानले धेरै जमिनमा कोदो लगाएको बताए ।  हमालले भने, ‘मकै, गहुँलगायतका बालीमा बाँदरका साथै जंगली जनावरले बढी क्षति पु¥याउने भएकाले यो खेतीमा बाँदरले पनि त्यति धेरै क्षति पु¥याउँदैन, कोदो खेतीमा वृद्धि भएको छ, यो खेती बढ्नुमा कोरोना संक्रमणका कारण जनशक्तिको समेत अभाव नभएकाले परिवारका सदस्य जम्मा भएको समयलाई समेत किसानले सदुपयोग गरेको देखिन्छ ।’ गत वर्षको तुलनामा यस वर्ष जिल्लामा उत्पादन वृद्धि हुनेसमेत उनले बताए । आर्थिक वर्ष २०७७/०७८ मा १६ हजार ४०७ हेक्टर जमिनमा कोदो खेती गरिएकामा आव २०७८/०७९ मा १६ हजार ५०० हेक्टर जमिनमा कोदो खेती लगाइएको छ । गत वर्ष १८ हजार ४७ मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रले जानकारी दिएको छ । गत वर्षको तुलनामा यस वर्ष कोदोको उत्पादन वृद्धि हुने अनुमान ज्ञान केन्द्रको छ ।  यस वर्ष १८ हजार १५० मेट्रिक टन कोदो फल्ने अनुमान रहेको प्रमुख हमालले बताउनुभयो । गत वर्ष रैथाने बाली उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत कोदोको बीउ, सिँचाइ, व्यवस्थापनलगायतमा किसानलाई सहयोग गरेको र यस वर्ष पनि बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गरिने कार्यक्रम रहेको ज्ञान केन्द्रले जानकारी दिएको छ ।  गाउँघरमा कोदोको परिकारमा त्यति धेरै चासो नदिए पनि सहर बजारमा भने यसको माग बढ्न थालेको पाइन्छ । पर्यटकीय गाउँहरुमा त कोदोको परिकारले पर्यटकको स्वागत गर्ने क्रम बढ्दै गएको पाइन्छ । गाउँ घुम्न आउने पर्यटकलाई स्थानीय उत्पादन कोदोको परिकारले स्वागत गर्ने गरेको कालीगण्डकी गाउँपालिका–६ मा रहेको प्रगति मैदान चोहानथोक होमस्टेका सल्लाहकार हीराबहादुर गाहाले बताए ।  अन्य बालीको समस्या लिएर किसान ज्ञानकेन्द्रमा पुग्ने गरे पनि कोदो बालीमा कुनै समस्या तथा गुनासो नआउने गरेको केन्द्रको भनाइ छ । पछिल्लो समय बजारीकरणले गर्दा गाँउघरका कोदो खेती हुने बारी बाँझै हुन थालेका छन् । अन्य बालीको तुलनामा कोदोलाई धेरै मेहेनत चाहिने, आवश्यक जनशक्ति पनि नपाउने कारण अन्य बालीको तुलनामा कोदो खेती भने कम नै हुने गरेको छ । रासस

खाद्यान्न उत्पादन खुम्चिँदै, परनिर्भरता चुलिँदै

काठमाडौं । लगातार ३५ वर्षदेखि प्रमुख खाद्यान्न बालीको उत्पादन खुम्चिँदा परनिर्भरता बढ्दै गएको छ । नेपालीका प्रमुख खाद्यान्न बाली धान, मकै, गहुँ, कोदो र फापरको उत्पादनमा ह्रास हुँदै गएको हो । सबैभन्दा धेरै फापरको उत्पादनमा ४० प्रतिशतले कमी आएको छ । २०५८ सालमा सम्पन्न कृषि गणनालाई आधार मान्दा २०७८ सालको कृषि गणनासम्म पुग्दा खाद्यान्न उत्पादनमा ३० प्रतिशतले ह्रास आउने अनुमान गर्न सरिएको छ । तत्कालीन नेपाल सरकारले प्रमुख खाद्यान्न बाली चामल निर्यात गर्न २०३५ सालमा धान चामल निर्यात कम्पनी स्थापना गरेको थियो । सोही कम्पनीले बंगलादेश, भुटान र भारतमा चामल निर्यात गर्दथ्यो । २०७८ सालसम्म पुग्दा हाल प्रतिमहीना २ अर्ब रुपैयाँ बराबरको चामल आयात हुने गरेको तथ्यांक छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा भारतबाट ३० करोड र अमेरिकाबाट ७ लाख ३३ हजार किलो चामल नेपाल भित्रिएको छ । त्यस्तै ३३ करोड किलो मकै भारतबाट भित्रिँदा २४/२४ लाख किलो दक्षिण अमेरिकी देश ब्राजिल, अर्जेन्टिना र ३ लाख ५० हजार किलो दक्षिण अफ्रिकाबाट आयात भएको छ । कृषि गणना २०६८ ले नेपालको प्रमुख खाद्यान्न बाली धान ६, मकै १२, गहुँ ६, कोदो १९, फापर ४० प्रतिशत, जौ ३५, तोरी १३ र कोषे बालीको उत्पादन २१ प्रतिशतले घटेको देखाएको छ । कृषि विज्ञले उत्पादन घट्नुको मुख्य कारण भूमिको खण्डीकरण, खेतीयोग्य जमीन बाँझो हुँदै जानु र खेतीमा आश्रित महिला वर्ग शहर पस्नुलाई प्रमुख कारण मानेका छन् । २०५८ सालको कृषि गणनाले १ करोड १० लाख कित्ता खेतीयोग्य जमीन खण्डीकरण भएकोमा २०६८ सालको कृषि गणनासम्म पुग्दा  यो १ करोड २० लाख कित्तामा टुक्रिएको उल्लेख छ । कुल खेतीयोग्य जमीनमा १० लाख हेक्टर जमीन बाँझो रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ ।   कृषि गणना २०६८ अनुसार कुल खेतीयोग्य जमीन झण्डै ३१ लाख हेक्टर छ । त्यसमा झण्डै ११ लाख हेक्टर जमीन बाँझो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले हालको जनसंख्यालाई धान्न मकैमा १३, गहुँमा १०, चामलमा १५ र आलुमा १० प्रतिशतले उत्पादन बढाउनुपर्ने बताएको राससमा उल्लेख छ । २०६८ सालको जनसंख्या वृद्धिदर २ दशमलव २५ हुँदा खाद्यान्नको वृद्धि दर ३ दशमलव ५ प्रतिशत थियो, जबकि सो समयमा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार थियो । वैशाख १९ गतेसम्म आइपुग्दा नेपालको जनसंख्या ३ करोड ३ लाख २४ हजार ४४८ रहेको अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ, अर्थात् २०७७/७८ मा कृषिको उत्पादकत्व दर भने झण्डै ४ प्रतिशत रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ ।