काठमाडौं : मधेश प्रदेशको प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित भएको छ। आज बोलाइएको बैठक २२ गतेसम्म स्थगित गरिएको मधेश प्रदेशका उपसभामुख उपमाकुमारी देवले जानकारी दिइन्। उपसभामुख देवका अनुसार सभामुख सरोजकुमार यादव काठमाडौंमा रहेकोले हाललाई बैठक स्थगित गरिएको हाे। आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको थियो। त्यस्तै आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि बैठक पछि सारिएको हो। मन्त्री याद