सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक सकिएको छ । दसैँ बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोष्टर मिलाउन बसेको बैठकले यसबारे टुंगो लगाएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालत लगायत देशैभरका अदालतहरू घटस्थापनाको दिन अर्थात् असोज २१ गतेदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ३ गतेसम्म विदा हुने निर्णय भएको छ ।त्यसैगरी विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुङ्गो लगाइएको छ । न्यायाधीशहरुसँग छलफल गरी बार अनुसार