आन्दोलनरत न्यायाधीश बन्दी प्रत्यक्षीकरण रिट हेर्न इजलास फर्किए

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको माग गर्दै इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू सोमबारबाट इजलास फर्किका छन् । प्रधानन्यायाधीशको राजीनामालाई मुख्य सर्त राखेर इजलास बहिष्कार गरेर बसेका न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरण रिट हेर्नेगरी फकिएका हुन् । प्रधानन्यायाधीशमा न्यायिक विचलन देखिएको भन्दै ८ दिनदेखि इजलास बहिष्कार गरेका न्यायाधीशहरू सोमबारबाट बन्दी प्रत्यक्षीकरण मुद्दा हेर्ने निर्णयमा पुगेका हुन् । […] The post आन्दोलनरत न्यायाधीश बन्दी प्रत्यक्षीकरण रिट हेर्न इजलास फर्किए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

बिहीबार सर्वोच्चमा ९ वटा इजलास तोकियो, प्रधानन्यायाधीश बसेनन् इजलासमा

सर्वोच्च अदालतमा बिहीबार ९ वटा इजलास तोकिएका छन् । विभिन्न मुद्दाका लागि इजलास तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई कुनै पनि इजलासमा राखेका छैनन् ।बिहीबार २५९ वटा मुद्दा पेसीमा राखिएको छ । न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ नगर्ने घोषणा गरेका छन् । यद्यपि, पेसीमा विभिन्न मुद्दालाई समावेश गरिएको छ ।प्रधानन्यायाधीश जबराले बिहीबार नै ‘ फुलकोर्ट’ राख्ने तयारीसमेत गरेका छन् । सर्वोच्चका अन्य न्यायाधीशले फुलकोर्ट राखेर नियमावली संशोधन गरी गोलाप्र

बुधबारका लागि ९ वटा इजलास गठन, प्रधानन्यायाधीशले आफूलाई पेसी तोकेनन्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबारका लागि आफूबाहेकका ९ वटा इजलास गठन गरेका छन् । जबराले  बुधबार ७ वटा संयुक्त इजलास र दुईवटा एकल इजलास गठन गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै न्यायाधीशहरूले लामो समयदेखि बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा नहेर्ने गरेको भएपनि मंगलबारबाट केही न्यायाधीश नियमित इजलासमा फर्किएका थिए । १९ जना न्यायाधीशले न्यायपालिका शुद्धीकरणका लागि भन्दै तत्काल गोलाप्रथाबाट पेसी तोक्नुपर्ने र प्रधानन्यायाधीशले राजीनामा दिन

सर्वोच्चमा आज १० इजलास तोकियो

काठमाडौँ । सर्वोच्च अदालतमा (आज) आइतबार १० वटा इजलास तोकिएको छ। आजको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने छैनन्। नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने गरी आज पनि सर्वोच्चको मूल ढोकामा धर्ना दिइरहेको छ। बारले बन्दी प्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दाको बहसमा सहभागी नहुने निर्णय गरिसकेको छ। सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले […]

इजलास बसे पनि वकिलहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने

२५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरु इजलासमा फर्के पनि कानून व्यवसायीहरु बहस पैरवीमा नजाने भएका छन् । असन्तुष्ट न्यायाधीशहरुमध्ये केही इजलासमा फर्किने संकेत मिलेको भन्दै नेपाल बार एसोसिएसनले त्यस्तो अवस्थामा ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका कुनै निवेदनमा सुनुवाइ नगर्ने भएको हो । नेपाल बार एसोसिएसनका महासचिव लिलामणी पौड्यालले केही न्यायाधीशहरु इजलासमा फर्केको अवस्थामा बार आफ्नो […]

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ

२२ कात्तिक, काठमाडौं । तिहार विदापछि कार्यालय खुलेको पहिलो दिन सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संलग्न भएकाबाहेक सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भएको छ । दुई एकल र चारवटा संयुक्त इजलास गठन भएकोमा सबै इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गरेका हुन् । प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको भने पेशी तोकेका थिएनन् । प्रधानन्यायाधीश जबराले न्यायाधीश […]

सर्वोच्चमा ब्रेकअघि ३ इजलास, प्रधानन्यायाधीश सम्मिलित संयुक्त इजलास भने अनिश्चित

सर्वोच्च अदालतमा सोमवार ६ वटा इजलास तोकिएकोमा चिया ब्रेकसम्म तीनवटा इजलास बसेको छ । जसमध्ये दुईवटा इजलासबाट कारण देखाऊ आदेश जारी गरिएको छ भने अर्को इजलासमा सुनुवाइ भइरहेको छ । कुमार चुडालको एकल इजलास र बमकुमार श्रेष्ठको एकल इजलासबाट बन्दी प्रत्यक्षीकरण मुद्दामा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरिएको छ। त्यसैगरी प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ जारी छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र कुमार चुडालको संयुक्त इजलास तोकेको भएपनि हालसम्म उक्त इजलास बसेको छैन।

राजीनामा नदिए तिहारपछि न्यायाधीशहरू सशक्त आन्दोलनमा

काठमाडौं, कार्तिक १७। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै ९ दिनदेखि नियमित मुद्दा सुनुवाइ बहिष्कार गरेका सर्वोच्चका १९ न्यायाधीशहरू तिहारलगत्तै सशक्त आन्दोलनमा उत्रने भएका छन् । प्रधानन्यायाधीशको बहिर्गमनको मुख्य सर्त राखेर इजलास बहिष्कार गरेका न्यायाधीशहरू सोमबार इजलास फर्केर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गरेका थिए । प्रधानन्यायाधीशले मुद्दा नहेर्ने सर्तमा बन्दी प्रत्यक्षीकरण रिट हेरेका न्यायाधीशहरू मंगलबार […]

न्यायाधीशद्वारा इजलास बहिष्कार : नागरिक संवैधानिक उपचारको हकबाट वञ्चित

प्रधानन्यायाधीशको चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कारको गर्दा नागरिक संवैधानिक उपचारको हकबाट वञ्चित भएका छन् । न्यायाधीशको इजलास बहिष्कारका कारण एक सातामा १ हजार बढी मुद्दा सर्वोच्चमा प्रभावित भएका छन् । तीमध्ये संवैधानिक उपचार हकसँग सम्बन्धित १८ वटा बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ हुन सकेन ।संकटकालीन अवस्थामा समेत संवैधानिक उपचारको हकबाट वञ्चित नहुने नागरिक पहिलोपटक न्यायाधीशले इजलास बहिष्कार गर्दा थुनुवाको मानवअधिकार समेत हनन हुन पुग्यो । अदालतम