आसन्न निर्वाचनको सन्दर्भमा सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ । भदौ पहिलो साता सिट बाँडफाँट टुङ्ग्याउने गरी गठबन्धनको कार्यदल गठन भए पनि कार्यदलका सदस्यहरुमै कुरा मिल्न नसक्दा यो विषय थप लम्बिएको हो । सिट बाँडफाँटका लागि दलहरुबीच कस्तो मोडालिटी बनाउने भन्ने विषयमै एकरुपता देखिएको छैन । तर सत्तारुढ दलका नेता तथा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत एकदुई दिनभित्रै सिट बाँडफाँट टुङ्गिने दाबी गर्छन् । उनले २०७४ को नतिजा, पाएको मत र वैशाख ३० गते भएको स्थानीय तहको चुनावलाई आध