जनकपुरधाम : प्रदेश २ का सरकारविरुद्ध उच्च अदालत जनकपुरधाममा परेको रिटमाथि बहस जारी छ। अधिवक्ता राज कुमार महासेठले असार १० गते प्रदेश सरकार समावेशी नभएको भन्दै रिट निवेदन दिएका थिए। बुधबार निवेदकको तर्फबाट आवेदक महासेठसहित ८ जना कानुन व्यवसायीले बहस गरेकोमा आज बिहीबार विपक्षीको तर्फबाट बहस भएको छ। आज उच्च सरकारी वकिल कार्यालय जनकपुरका प्रमुख खडानन्द गौतमले प्रदेश प्रमुखको तर्फबाट बहस गरेका छन्।त्यस्तै प्रदेश २ सरकारका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, सहायक न्याय