जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश २ मा राहत मिलेको छ । प्रदेश २ प्रदेशसभामा सो पार्टीका पक्षमा १६ सांसद भएका छन् । जसपाका सभामुखसहित ५५ सांसदमध्ये १६ जनाले लोसपाका पक्षमा सनाखत गराएका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा विभाजन भएको हो । अध्यादेशअनुसार नयाँ दलका पक्षमा सनाखत गर्ने मंगलबार अन्तिम दिन हो ।लोसपाका नेताहरु प्रदेश २ प्रदेशसभामा १६ सांसद आफ्नो पक्षमा रहनु उत्साहजनक रहेको बताउँछन् । यद्यपि तत्कालीन राजपा नेपालका अ