न्युयोर्कका पासाङ शेर्पाको कोरोना महामारीमा आधारित संस्मरण पुस्तक ‘बिहाइन्ड द मास्क’ अमेरिकाको ‘बेस्ट बुक अवार्ड’ मा अन्तिम छनोटमा परेको छ। अमेरिकन बुक फेस्टद्वारा प्रायोजित २२ औं वार्षिक अवार्ड कार्यक्रममा उनको पुस्तक ‘नन-फिक्सन क्रियटिभ’ विधाअन्तर्गत अन्तिम चारमा पर्न सफल भएको हो। अमेरिकन बुक फेस्ट मूलधारका, स्वतन्त्र र स्वप्रकाशित कृतिहरूका लागि विश्वका सबैभन्दा ठूला अन्तर्राष्ट्रिय पुस्तक पुरस्कार […]
अमेरिकाको क्यालिफोर्निया सिटीस्थित एक आप्रवासन हिरासत केन्द्रका सात जना बन्दीहरूले अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)विरुद्ध सामूहिक मुद्दा दायर गरेका छन् । उनीहरूले केन्द्रमा अत्यन्तै अमानवीय अवस्था रहेको, सफाइको अभाव, किरा–फट्याङ्ग्राको प्रकोप, दूषित ढलको पानी र बन्दीहरूलाई खाना, पानी तथा कानुनी सहयोग नदिइएको आरोप लगाएका छन् । बुधबार क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतमा दायर गरिएको मुद्दामा […]
काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको छ। काठमाडौंमा जारी प्रतियोगितामा काठमाडौंले पोखरा निञ्जाजलाई पराजित गरेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको खेलमा काठमाडौंले पोखरालाई ३–१ को सेटमा पराजित गरेको हो। काठमाडौंले सुरुआती दुई सेट २५–१९, २५–१७ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेटमा भने काठमाडौं १२–२५ ले पछि पर्यो […]
काठमाडौँ। प्राकृतिक दुबोसहितको घाँसेचउर, वरिपरि खुला पैदल मार्ग, खुल्ला मञ्चको अहिलेको अवस्था हो। खुलामञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटरमा प्राकृतिक दुबो रोपिएको छ। उबडखावड मिलाइएको ठाउँमा नेपाली दुबो रोपेपछि अहिले चउर लोभलाग्दो भएको छ। महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चउरमा मलिलो माटो राखेर दुबो […]
काठमाडौँ। निर्वाचन आयोगले आगामी ११ माघका लागि निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनका राजनीतिक दलहरुसँग छलफल गरेको छ। आयोगको कार्यालय, कान्तिपथमा बिहीबार भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका प्रतिनिधि सहभागी थिए। आयोगका सचिव माहादेव पन्थले राष्ट्रियसभाको निर्वाचनको प्राविधिक तयारीका […]
अमेरिकाको क्यालिफोर्निया राज्यले करिब १७ हजार व्यावसायिक चालक अनुमति पत्र रद्द गर्ने तयारी गरेको छ। रद्द गर्न लागिएका यी अनुमति पत्र सेमिट्रक र बसजस्ता सवारीसाधन चलाउने आप्रवासीहरूलाई दिइएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गैर कानुनी रूपमा देशमा रहेका आप्रवासीहरूले गलत रूपमा अनुमति पाएको भन्दै चासो व्यक्त गरेपछि यो कदम उठाइएको हो। तर, गभर्नर गेभिन […]