प्रदेश २ मा आज सार्वजनिक बिदा

वीरगंज : प्रदेश २ सरकारले आज प्रदेश २ भर सार्वजनिक बिदा दिने जनाएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आज प्रदेश २ मा सार्वजनिक बिदा दिने भएको जनाएका हुन्। जुडशितल पर्वको अवसरमा बिदा दिइएको सार्वजनिक सूचना जारी गर्दै प्रदेशमन्त्री यादवले जनाएका छन्। जुडशितल शितलताको आशीर्वाद दिने पर्व हो। यस…

सम्बन्धित सामग्री

प्रदेश २ को नाम बहुमतले पारित, आज मधेस प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम, माघ ४ । प्रदेशसभाबाट प्रदेश २ को नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले नामका लागि पेश गरेको प्रस्ताव प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको थियो । नामका लागि भएको मतदानमा कुल ९९ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए । […]

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं : नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ।मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले आजका लागि सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए। प्रदेश २ ले सोमबार ‘मधेस’ नाम र स्थायी राजधानी जनकपुरधाम पाएको छ।  चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएको छ।

प्रदेश २ सरकारले विवाह पञ्चमीमा सार्वजनिक बिदा दिने

काठमाडौँ । प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । आज (सोमबार) सूचना जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २२ गते बुधबार बिदा दिने जनाएको हो । साथै कार्यालयले कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाइ विवाह महोत्सवमा सहभागी हुन पनि आग्रह गरेको छ ।

प्रदेश २ मा आज सार्वजनिक बिदा

प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज पैगम्बर जयन्ती‚ मुस्लिम धर्मावलम्बीलाई बिदा

काठमाडौं : मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म जयन्तीको अवसरमा आज सरकारले मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्तीको अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।प्रदेश २ को सरकारले प्रदेश २ मा मंगलबार सार्वजनिक बिदा दिएको छ।

मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने

काठमाण्डाै – भोलि मङ्गलवार मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने भएका छन् । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।यसैबीच प्रदेश २ सरकारले मुस्लिम धर्माम्बलीका धर्मगुरु पैगम्बर माेहम्मदकाे जन्मदिनको अवसरमा भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जितियामा सार्वजनिक बिदा

वीरगन्ज । प्रदेश–२ सरकारले जितिया पर्वको सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा आज जारी शुभकामना सन्देशमा प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते बिदा दिएको उल्लेख छ । पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा सम्पूर्ण बर्तालु महिलामा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् । सन्तानप्रति […]

प्रदेश २ मा आज सार्वजनिक बिदा

काठमाडौं । प्रदेश २ सरकारले बुधबार (आज) सार्वजनिक बिदा दिएको छ।भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा प्रदेश सरकारले बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।मुख्यमन्त्री राउतले प्रदेशवासीलाई रामनवमीको शुभकामना पनि दिएका छन् ।

प्रदेश २ मा आज सार्वजिनक बिदा

धनुषा : प्रदेश २ सरकारले राम नवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी राम नवमीको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने जानकारी दिएको छ।प्रदेश २ को जनकपुरधाममा रहेको जानकी मन्दिरमा बडा दशैं‚ चैते दशैं र विवाह पञ्चमीमा विशेष पूजा र मेला लाग्ने गर्छ। यी अवसरमा देशभित्र र भारतबाट समेत ठूलो संख्यामा तीर्थयात्री आउने गर्छन्।

प्रदेश २ मा आज सार्वजनिक बिदा

धनुषा कृष्ण जन्माष्टमीको अवसरमा आइतबार प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले कृष्णष्टमी पर्व मनाउन आज सार्वजनिक बिदा दिने घोषणा गरेको हो । बिहीबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले कृष्णाष्टमीको अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।