धनगढी- सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत रूपमा सुरु भएको छ। भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखी मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ। आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गरिन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले […]