विश्व स्वास्थ्य संगठनले अहिले शारीरिक, मानसिक, सामाजिक सबै पक्षलाई लिएर स्वास्थ्यको कुरा गर्छ । शारीरिकरुपमा मात्र सञ्चो भएर हुँदैन मानसिक, सामाजिक वैचारिक र आध्यात्मिकरुपले पनि मानिस स्वस्थ हुनुपर्छ भन्ने कुरा छ । त्यसका लागि योग गर्नुपर्छ । योगको महत्व यसकारण हो र यी सबै कारणका लागि योग गर्नुपर्छ ।अहिले धेरै दीर्घ रोगहरु फैलिरहेको अवस्था छ, जस्तो कि मधुमेह, उच्च रक्तचाप आदि । जो हाम्रो जीवनशैलीसँग सम्बन्धित छ । यस्ता रोगहरुलाई रोक्न र भइसकेको अवस्थामा यस्ता रोगहरुको सही व्यवस्थापन गर्न पनि योगको आवश्यक्ता पर्छ ।त्यसैगरी आफू खुसी हु...