योग दिवसको सन्देश : खै त जीवनशैलीमा सकारात्मक परिवर्तन ?

यस वर्ष पनि २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा हामीले मनाइरहेका छौं । संयुक्त राष्ट्रका सबै सदस्य राष्ट्रहरुले आ–आफ्नै ढंगले यो अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आइरहेका छन् । यस पटक मनाइने योग दिवस आठौं अन्तर्राष्ट्रिय योग दिवस हो । विश्वव्यापी रुपमा योग प्रतिको रुचि, योग सिक्ने र दैनिक जीवनमा योग अभ्यास गर्ने मानिसहरूको संख्या बढ्दै गइरहेको छ । अमेरिका, युरोप, अस्ट्रेलियालगायत भारतका विश्वविद्यालयहरुमा योगले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा पार्ने बहुआयामिक प्रभावको अध्ययन गरि