कोरोना महामारीमा धनी र गरिबबीचको खाडल निक्कै बढेको तथ्याङ्क सार्वजनिक भएको छ। अर्थात महामारीको पछिल्लो दुई वर्षको अवधिमा धनी झन् धनी र गरिब झन् गरिब हुँदै गएका छन् । अक्सफार्म रिपोर्ट अनुसार सन् २०२० यता ५७३ नयाँ अर्बपति थपिएछन् । अर्थात प्रत्येक ३० घण्टामा एक जना नयाँ अर्बपति बनेको देखिन्छ । अहिले विश्वमा २६६८ पुगेको आइतबार अक्सफार्मले जारी गरेको विश्लेषणमा उल्लेख छ । फोर्ब्सले संकलन गरेको तथ्याङ्कको विश्लेषणबाट बनाइएको रिपोर्टले विगत दुई वर्षमा बढेको असमानतामा ध्यान केन्द्