लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा एकै दिन एक जना बालबसहित पाँच जना मृत फेला परेका छन् । तीमध्ये ४ जना पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।रुपन्देहीको देवदह नगरपालिका-३ टटेरा डाँडा टोलस्थित रोहीणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-७ मदनग्राम बस्ने मनोज थापाकी छोरी १६ वर्षीया दीपा थापाको मृत्यु भएको छ । यस्तै बर्दियाको गेरुवा गाउँपालिका-१ सरखोल बस्ने ७५ वर्षीया राजमती थरुनी आफ्नै घरबाट करिब ३ किलोमिटर टाढा कुलोको पानीमा मृत अवस्थामा फेला परेकी छन् ।आइतबार नै गुल्मी