दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३१ रनले हरायो

काठमाण्डाै - दक्षिण अफ्रिकाले पहिलो एक दिवसीय क्रिकेटमा भारतलाई हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको २ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन मात्र बनाउन सक्यो । भारतका लागि शिखर धवन, विराट कोहली र शार्दुल ठाकुरले अर्धशतकीय पारी खेले । धवनले ७९, कोहलीले ५१ र शार्दुल ठाकुरले ५० रन बनाए । यस्तै,  श्रेयस आयरले १७ , रिसब पन्तले १६, जस्प्रित बुम्राहले १४ र कप्तान केएल राहुलले १२ रन जोडे ...

सम्बन्धित सामग्री

ओमानले मलेसियालाई ८ विकेटले हरायो

काठमाडौं : एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ।मूलपानी खेल मैदानमा आइतबार भएको खेलमा जितका लागि मलेसियाले दिएको २२८ रनको लक्ष्य ओमानले ४१ दशमलव ४ ओभरमा २ विकेटमात्र गुमाएर भेट्टायो। ओमानको जितमा जतिन्दर सिंहले अविजित रहँदै १११ बलमा १३ चौका र १ छक्का हिर्काउँदै सर्वाधिक १०१ रनको योगदान गरे। काश्यप प्रजापतिले ६६ र जिसन मक्सुद ५२ रनमा अविजित रहे। बलिङतर्फ मलेसियाका मुहम्मद अमिरले २ विकेट लिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले

आर्मीले गण्डकीलाई ६९ रनले हरायो

सुसन भारीले उत्कृष्ट बलिङ गरेपछि त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको छ । दोस्रो जितसँगै आर्मीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल सम्भावना बलियो बनाएको छ । तीन खेलमा...

जिम्बावेसँगको एकदिवसीय क्रिकेट श्रृंखला अष्ट्रेलियालाई

जिम्बावेसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखला अष्ट्रेलियाले एक खेल अगाडि नै जितेको छ । आज भएको दोस्रो खेलमा घरेलु टोली अष्ट्रेलियाले जिम्बावेलाई ८ विकेटले हरायो । जितसँगै आईसीसी विश्वकप सुपर लिग अन्तर्गतको श्रृंखलामा अष्ट्रेलियाले २–० को अग्रता बनाएको छ । जिम्बावेले दिएको ९७ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका स्टिभ स्मिथले अविजित ४७ रन जोडे । एलेक्स केरी २६ रनमा अविजित रहे । त्यस्तै डेभिड वार्नरले १३ रन बनाए । जिम्बावेका रिचार्ड एनगाराभाले २ विकेट लिए । त्यसअघि पहिले ...

जिम्बावेसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा भारतको 'क्लिन स्वीप'

काठमाण्डाै - जिम्बावेसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा पाहुना टोली भारतले 'क्लिन स्वीप' गरेको छ । गएराति भएको तेस्रो एकदिवसीय खेलमा भारतले जिम्बावेलाई १३ रनले हरायो । जितका लागि २ सय ९० रनको लक्ष्य पछ्याएको जिम्बावे ४९ ओभर ३ बलमा २ सय ७६ रनमा अल आउट भयो । जिम्बावेका सिकन्दर राजाले १ सय १५ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । उनको एकदिवसीय क्रिकेटमा पाँचौँ शतक हो । भारतका आवेश खानले ३ विकेट लिए । दीपक चाहर, अक्षर पटेल र कुलदीप यादवले २/२ विकेट लिए । त्यसअघि हरारेमा ट...

घरेलु टोली इंग्ल्यान्डलाई भारतले हरायो

काठमाडौँ – भ्रमणकारी टोली भारतले घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा १० विकेटको जित निकालेको छ । योसँगै तीन खेलको शृंखलामा भारत १-० ले अघि रहेको छ । मंगलबार राति लण्डनको ओवलमा इंग्ल्यान्डले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गरेको हो । भारतको जितमा कप्तान रोहित शर्माले […]

पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले हरायो

पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो एकदिवसीय क्रिकेट खेलमा घरेलु टोली पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । लाहोरमा बिहीबार राति जित निकालेसँगै पाकिस्तान तीन एकदिवसीय शृंखलामा १(१ को अवस्थामा पुगेको छ ।  पहिलो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले हराएको थियो । अष्ट्रेलियाले दिएको ३४९ रनको लक्ष्य पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानका कप्तान बाबर आजमले ११४ रनको शतकीय इनिङ खेले । यस्तै इमाम उल हकले १०६ तथा  फखर जमानले ६७ रनको योगदान गरे । अष्ट्

पीएनजीसँग नेपालको लगातार दोस्रो हार

काठमाण्डाै – नेपालसँगको दुई खेलको एकदिवसीय क्रिकेट श्रृंखलामा पाहुना टोली पपुवा न्यूगिनी (पीएनजी)ले क्लिन स्विप गरेको छ । आजको दोस्रो एकदिवसीयमा पीएनजीले नेपाललाई ३ विकेटले हरायो ।नेपालले जितका लागि दिएको २ सय ७९ रनको लक्ष्य पपुवा न्यूगिनीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै भेट्टायो । घरेलु मैदानमा पपुवा न्यूगिनीसँग नेपालको लगातार यो दोस्रो हार हो । यसअघि हिजो भएकाे खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।आज कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकमा ८ विकेट गु...

विश्वकप लिग–२ः नेपालले पीएनजीलाई ७ विकेटले हरायो

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको आफ्नो चौथो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई ७ विकेटले पराजित गरेको छ। दुबई क्रिकेट रंगशालामा पीएनजीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेटको क्षतिमा भेट्टाएको हो। नेपालका लागि आरिफ शेख र कुशल भुर्तेलले अर्धशतक बनाए। १०२ बल खेलेका आरिफले ४ चौकाको मद्दतमा […]

नेपालले पीएनजीलाई हरायो

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई दुई विकेटले पराजित गरेको छ। पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि रोहित कुमार पौडेल र आरिफ शेखले अर्धशतक प्रहार गरे। ८५ बलको सामना गरेका रोहितले चार चौकाको मद्दतमा ५८ रन बनाए […]

भारतलाई एकदिवसीय सिरिज - Naya Patrika

रोहित र धोनीबीच पाँचौँ विकेटका लागि १ सय ५४ रनको साझेदारी हुँदा भारतले तेस्रो एकदिवसीय खेलमा श्रीलंकालाई ६ विकेटले हरायो भारतले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि...पूरा पढ्नुहोस् »