काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई दुई विकेटले पराजित गरेको छ। पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि रोहित कुमार पौडेल र आरिफ शेखले अर्धशतक प्रहार गरे। ८५ बलको सामना गरेका रोहितले चार चौकाको मद्दतमा ५८ रन बनाए […]