काठमाण्डाै – नेपालसँगको दुई खेलको एकदिवसीय क्रिकेट श्रृंखलामा पाहुना टोली पपुवा न्यूगिनी (पीएनजी)ले क्लिन स्विप गरेको छ । आजको दोस्रो एकदिवसीयमा पीएनजीले नेपाललाई ३ विकेटले हरायो ।नेपालले जितका लागि दिएको २ सय ७९ रनको लक्ष्य पपुवा न्यूगिनीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै भेट्टायो । घरेलु मैदानमा पपुवा न्यूगिनीसँग नेपालको लगातार यो दोस्रो हार हो । यसअघि हिजो भएकाे खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।आज कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकमा ८ विकेट गु...