काठमाण्डाै - जिम्बावेसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा पाहुना टोली भारतले 'क्लिन स्वीप' गरेको छ । गएराति भएको तेस्रो एकदिवसीय खेलमा भारतले जिम्बावेलाई १३ रनले हरायो ।
जितका लागि २ सय ९० रनको लक्ष्य पछ्याएको जिम्बावे ४९ ओभर ३ बलमा २ सय ७६ रनमा अल आउट भयो । जिम्बावेका सिकन्दर राजाले १ सय १५ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । उनको एकदिवसीय क्रिकेटमा पाँचौँ शतक हो । भारतका आवेश खानले ३ विकेट लिए ।
दीपक चाहर, अक्षर पटेल र कुलदीप यादवले २/२ विकेट लिए । त्यसअघि हरारेमा ट...