१० जिल्लामा फैलियो बर्डफ्लु

१० जिल्लामा बर्डफ्लु देखिएको छ। हालसम्म बर्डफ्लु नियन्त्रणमै रहेको दाबी गरिए पनि यही क्रममा बढ्दै गए कठिन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । बर्डफ्लु तीव्र रूपमा फैलन थालेकाले यसको नियन्त्रण गर्न पशु सेवा विभागसँग जनशक्ति र रकम अभाव भएको छ।विभागका प्रवक्ता डा. चन्द्र ढकालले १० वटा जिल्लाका विभिन्न स्थानमा बर्डफ्लु फैलिएको भेटिए पनि हालसम्म नियन्त्रणमै रहेको बताउँदै यसरी बढ्दै गयो भने नियन्त्रणभन्दा बाहिर जान सक्ने चेतावनी दिए । अन्य जिल्लाबाट पनि परीक्षणका लागि नमुना आउने क्रम बढेको जनाइएको

सम्बन्धित सामग्री

बर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध

चितवन– जिल्लाका बर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । संघीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि  राहत रकम पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार विसं २०७८ कात्तिक १२ देखि २०७९ असार ७ गतेसम्म जिल्लामा बर्डफ्लु सङ्क्रमण देखिएकाले कुखुरालगायत अन्य वस्तु नष्ट […]

बागमतीका ६ जिल्लामा बर्डफ्लु, संक्रमण फैलन नदिन उच्च सतर्कता

बागमती प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ। हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको कृषि तथा पशुपक्ष विकास मन्त्रालयले जानकारी दिएको छ।

बागमती प्रदेशमा फैलिँदै बर्डफ्लु, कृषकलाई सर्तक रहन आग्रह

बागमती प्रदेश कृषि तथा पशुपक्ष विकास मन्त्रालयका अनुसार प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ । हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब रु तीन करोड भन्दाबढीको क्षति भएको अनुमान गरिएको छ । प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा …

बागमती प्रदेशका ६ जिल्लामा फैलियो बर्डफ्लु

बागमती प्रदेशको ६ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु फैलिएको हो । ६ जिल्लामा ५८ हजार २ सय ६१ पन्छी, २२ हजार ३४...

११ जिल्लामा फैलियो बर्डफ्लु

काठमाडौं । माघ दोस्रो सातादेखि फैलिएको बर्डफ्लु ११ जिल्लामा फैलिएको छ । यसले आक्रामक रूप लिए पनि पशुसेवा विभागले रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेट नभएको बताएको छ । विभागका सूचना अधिकारी तथा वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले अहिले भएको क्षतिको आँकडा हेर्ने हो भने संक्रमण नियन्त्रण तथा क्षतिपूर्तिका लागि थप ६ देखि ७ करोड बजेट आवश्यक पर्ने बताए । चालू आर्थिक वर्ष (आव) मा सरकारले बर्डफ्लु नियन्त्रण तथा क्षतिपूर्तिका लागि विनियोजन गरेको बजेटले भ्याउनेभन्दा बढी क्षति भइसकेकाले बजेट अपुग भएको बताइएको छ । विभागसँग चालू आवमा बर्डफ्लु नियन्त्रण तथा क्षतिपूर्तिका लागि विनियोजन गरेको १ करोड २१ लाख रुपैयाँ छ । तर, अहिले जसरी बर्डफ्लुको संक्रमण फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न र क्षतिपूर्ति उपलब्ध गराउन यो बजेट अपुग हुने विभागले बताएको छ । ११ जिल्लामा भएको क्षतिको विवरण आइसकेको र अब बजेट मागका लागि कृषि मन्त्रालयमार्फत अर्थमा जानकारी गराउने तयारी भइरहेको ढकालले बताए । मोरङ जिल्लाबाट फैलिएको संक्रमण काठमाडौंसहित सुनसरी, उदयपुर, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, कास्की, पर्सा र धनुषामा समेत फैलिइसकेको छ । हालसम्म ती जिल्लामा ६४ हजार ८ सय ७२ पन्छी, २७ हजार ३ सय ७१ गोटा अण्डा, १५ हजार ९४ किलो दाना र २२ किलो कखुराको नष्ट गरिसकिएको छ । औषधिबाहेक चल्ला, मासु, अण्डा र दाना सबैमा आत्मनिर्भर घोषणा भइसकेको र जीडीपीमा साढे ४ प्रतिशत योगदान रहेको यसक्षेत्रमा बजेट अभावका कारण संक्रमण नियन्त्रण गर्न समस्या हुनु लाजमर्दो भएको नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताए । ‘संक्रमण देखिसकेको ठाउँमा नियन्त्रणका लागि बजेट अपुग हुनु एउटा पाटो भयो । तर, विभागसँग जनशक्ति अभाव हुँदा कहाँकहाँ संक्रमण देखिएको हो भन्ने कुरा यकिन गर्नसमेत समस्या भएकाले त्यसले संक्रमणदर झनै बढाएको उनले जिकीर गरे । किसानका खोरमा कुखुरा मरिरहेका हुन्छन् । बर्डफ्लुको आशंकामा किसानले परीक्षण गराउन खोज्दा जनशक्ति अभावका कारण समयमै परीक्षण हुन सकेको छैन । संक्रमण पुष्टि भएका स्थानमा नष्ट गर्नसमेत कर्मचारी समयमा आई नपुग्ने गुनासो किसानको छ उनले भने । संक्रमण तत्काल नियन्त्रण गर्न बजेट सँगसँगै संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र एवं बर्डफ्लु रोग नियन्त्रण नियमावली, २०७८ अनुसार सर्भिलेन्स प्लान तथा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युरहरू परिमार्जन गर्न आवश्यक देखिएको पनि विभागले बताएको छ । यसबाहेक प्रत्येक प्रदेशमा संक्रमण नियन्त्रण गर्न बजेट विनियोजन हुनुपर्ने, अन्तरप्रदेश समन्वय सुदृढीकरण, स्रोत व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्नुपर्ने देखिएको बताइएको छ । नेपालमा १६ जनवरी २००९ मा झापा जिल्लामा बर्डफ्लुको संक्रमण देखिएको थियो । त्यसपश्चात् नेपालमा करीब २ सय ५० भन्दा बढी स्थानमा यसको संक्रमण देखिइसकेको सरकारी तथ्यांक छ । मानिसमा समेत सर्न सक्ने यस रोगका कारण नेपालमा २०१९ मा एक जना मानिसको मृत्यु भएको थियो ।

दस जिल्लामा बर्डफ्लु

१० जिल्लामा बर्डफ्लु देखिएको छ । हालसम्म बर्डफ्लु नियन्त्रणमै रहेको दाबी गरिए पनि यही क्रममा बढ्दै गए कठिन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । बर्डफ्लु तीव्र रूपमा फैलन थालेकाले यसको नियन्त्रण गर्न पशु सेवा विभागसँग जनशक्ति र रकम अभाव भएको छ ।

छिमेकी जिल्लामा बर्डफ्लु भेटिएपछि काभ्रेमा नमूना संकलन र निगरानी

छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा थप नमूना सङ्कलन र निगरानीलाई निरन्तरता दिइएको छ।

बर्डफ्लु : काभ्रेमा नमुना सङ्कलन र निगरानी

काभ्रेपलान्चोक । छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलान्चोकमा थप नमुना सङ्कलन र निगरानीलाई निरन्तरता दिइएको छ । महिनाअघि सङ्घीय राजधानी काठमाडौँमा बर्डफ्लु भेटिए लगत्तै पूर्वी नाकाका रुपमा रहेको यो जिल्लामा उच्च सतर्कता अपनाउन विभिन्न गतिविधि गर्दै आइएको छ । जिल्लास्तरीय प्राविधिक समितिको बैठकले सबै स्थानीय तहलाई पशुपक्षीपालक कृषक तथा […]

बर्डफ्लु : काभ्रेमा नमूना सङ्कलन र निगरानी

छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा थप नमूना सङ्कलन र निगरानीलाई निरन्तरता दिइएको छ । महिनाअघि सङ्घीय राजधानी काठमाडौँमा बर्डफ्लु भेटिएलगत्तै पूर्वीनाकाका रुपमा रहेको यो जिल्लामा उच्च सतर्कता अपनाउन विभिन्न गतिविधि गर्दै आइएको छ । जिल्लास्तरीय प्राविधिक समितिको बैठकले सबै स्थानीय तहलाई पशुपक्षीपालक कृषक तथा व्यवसायीलाई सजगता अपनाउन यससम्बन्धी विविध गतिविधि गर्न आग्रह गरेको छ । “सबै स्थानीय तहमा निगरानीका कामला

होसियारी नगरे मानिसमा सजिलै सर्छ बर्डफ्लु

काठमाडौं : सरकारले पशुपन्छीमा देखिने बर्डफ्लु रोग मानिसमा सर्ने भन्दै सचेत रहन सबै सर्वसाधारणलाई आग्रह गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मिश्रले कोरोना विवरणसम्बन्धी जानकारी दिँदै सचेत रहन आग्रह गरेकी हुन्।कोरोना विवरणबारे जानकारी दिँदै उनले भनिन्,‘काठमाडौं जिल्लालगायत अन्य जिल्लामा बर्डफ्लु रोग पुष्टि भएको छ, यो रोग मानिसमा पनि संक्रमण सर्न सक्छ,त्यसैले सचेत रहन अनुरोध छ।’उनका अनुसार यो रोगका उच्च ज्वारो आउने,खोकी लाग्ने,सास फेर्न समस्या