बागमतीका ६ जिल्लामा बर्डफ्लु, संक्रमण फैलन नदिन उच्च सतर्कता
बागमती प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ। हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको कृषि तथा पशुपक्ष विकास मन्त्रालयले जानकारी दिएको छ।
भारतमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । भारतमा कोभिड सङ्क्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन थालिएको हो । कोरोना भाइरसको सङ्क्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ …
काठमाडौँ- इबोला भाइरसको संक्रमण फैलिनसक्ने त्रासबीच अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको संक्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै सहरमा उच्च सतर्कता अपनाइएको बताएका हुन् । उनले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । सोमबार युगान्डाको मुबेन्डे सहरमा थप दुई जनामा यो भाइरसको […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार विज्ञप्तिमार्फत भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र छिमेकसँगको सीमा नाकाका सबै हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो।
काठमाडौं (अस) । चराचुरुंगी तथा पन्छीजन्य रोग बर्डफ्लुको संक्रमण बढ्दै गएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पोल्ट्री व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सरकारले संक्रमण नियन्त्रणका लागि उचित कदम चाल्न नसक्दा करीब २ महीना अवधिमा १३ ओटा जिल्लामा बर्डफ्लुको संक्रमण फैलिसकेको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष बर्डफ्लुको संक्रमण बढेको बताए । मन्त्रालय र पशुसेवा विभागले आकलन गरेको भन्दा व्यापक रूपमा संक्रमण दर फैलिएकाले उच्च सतर्कता अपनाउनुपर्ने उनले बताएका छन् ।
संक्रमण दर दिनप्रतिदिन बढ्दै गए पनि संक्रमण तत्काल रोक्न जनशक्ति र बजेटको अभाव रहेको उनले बताए । संक्रमण रोकथाम तथा क्षतिपूर्तिका लागि विभागसँग यस वर्ष १ करोड २१ लाख रुपैयाँ बजेट छ । तर हालको संक्रमणको अवस्था हेर्दा यसको नियन्त्रणका लागि १० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
विभागका अनुसार हालसम्म काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, कास्की, मोरङ, उदयपुर, सुनसरी, बारा, पर्सा र धनुषामा बर्डफ्लुको संक्रमण पुष्टि भइसकेको छ । विभागले सूचना जारी गर्दै संक्रमण भेटिएका स्थानबाट अन्य स्थानमा पशुपन्छी तथा मासुको ओसारपसार नगर्न र सम्पूर्ण पोल्ट्री व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका प्रवक्ता डा. चन्द्र ढकालले संक्रमण ठूला फार्महरूमा व्यापक रूपमा फैलिरहेकाले थोरै जनशक्तिले काम गर्न समस्या भइरहेको बताए ।
काठमाडौं, साउन ७ । राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ । महानगरले तेस्रो लहरको संक्रमण आउन सक्ने खतरा बढेपछि उच्च सतर्कता बढाउन थालेको हो । विश्व स्वास्थ्य संगठनले तेस्रो लहरले बालबालिकालाई संक्रमित गराउने चेतावनी दिइरहेका […]