छिमेकी जिल्लामा बर्डफ्लु भेटिएपछि काभ्रेमा नमूना संकलन र निगरानी

छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा थप नमूना सङ्कलन र निगरानीलाई निरन्तरता दिइएको छ।

सम्बन्धित सामग्री

निषेधाज्ञाको सकारात्मक प्रभाव : प्रदेश १ मा दैनिक संक्रमण दर घट्यो

विराटनगर (अस) । वैशाखको अन्त्य र जेठको पहिलो साता प्रदेश १ मा दैनिक १२ सयमा कोरोना पोजेटिभ देखिए पनि निषेधाज्ञाको सकारात्मक प्रभावका कारण अहिले कोरोनाको संक्रमण दर घटेर दैनिक ३०० हाराहारीमा झरेको छ । त्यस्तै प्रदेश १४ जिल्लामध्ये ७ जिल्लामा नयाँ संक्रमणको दर शून्यमा झरेको छ । कोरोनाको संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा विस्तारै खुकुल्याउँदै लगिएको छ । प्रदेश १ मा दैनिक कोरोना संक्रमितको संख्या ३ सयभन्दा कममा झरेको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आइतवार प्रदेश १ मा २५५ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको ‘कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति’को सचिवालय संयोजक डा. रवीन्द्र निरौलाले पछिल्लो १० दिनदेखि संक्रमणको दर दैनिक घटेको र निको हुनेको संख्या बढेको बताए । मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा पहाडी तथा हिमाली जिल्लामा दैनिक संक्रमित हुनेको संख्या शून्यमा झरेको छ । संखुवासभा, तेह्रथुम, इलाम, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु र खोटाङ जिल्लामा दैनिक संक्रमणको दर शून्यको अवस्थामा पुगेको हो । शनिवार र आइतवार ती जिल्लामा संक्रमणको दर शून्य रहेको मन्त्रालयले बताएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले दुई सातायता कोरोना संक्रमितको संख्या तुलनात्मक रूपमा घटेको बताए । ‘तर, जोखिम घटिसकेको छैन,’ उनले भने । पहाडी जिल्लामा संक्रमणको दर शून्य र केहीमा अति न्यून रहे पनि सघन जनसंख्या रहेको तराईका मुख्यतः झापा, मोरङ र सुनसरीमा भने अझै पनि संक्रमणको दरमा उल्लेख्य कमी आउन नसकेको मन्त्रालयले बताएको छ । दैनिक संक्रमणको दर ओरालो लागेसँगै अस्पतालको सघन उपचार कक्षमा बिरामीको चाप पनि घटेको छ ।