परीक्षा पास भएको साढे दुई महिनापछि दुई जिल्ला न्यायाधीश नियुक्त

जिल्ला न्यायाधीशको परीक्षामा उत्तीर्ण भएका दुई जनालाई न्याय परिषद्ले नियुक्ति दिएको छ । लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका ओम बहादुर सोडारी र भुवन गिरीलाई जिल्ला न्यायाधीशमा नियुक्ति गरिएको हो ।न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीका अनुसार गत चैत ६ गते भएको अन्तिम परीक्षामा उत्तीर्ण भएका ओम बहादुर सोडारी र भुवन गिरीलाई नियुक्ति गरिएको हो । सोडारीलाई झापा जिल्ला अदालत र गिरीलाई नवलपुर जिल्ला अदालतमा कामकाज गर्ने गरी नियुक्ति दिइएको हो ।करिब २ सय जनाले दिएको जिल्ला न्यायाधीशको परीक्

सम्बन्धित सामग्री

संविधानको व्यवस्था अनुरूप नै जिल्ला न्यायाधीश नियुक्त भएका हुन् : कानुनमन्त्री

काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संविधानको व्यवस्था अनुरूप नै जिल्ला न्यायाधीशहरू नियुक्त गरिएको बताउनुभएको छ । आज सोमवार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गुरुङले संविधानकाे व्यवस्था अनुरूप नै जिल्ला न्यायाधीशहरूको नियुक्ति गरेको बताउनुभएको हो । केही दिनअघि जिल्ला न्यायाधीश नियुक्त भएकाहरू न्याय सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण हुन नसकेकाहरू पनि परेका भन्दै समिति बैठकमा सांसदहरूले विरोध जनाएका थिए । सांसदहरूले न्याय परिषद्...

लिखितमा फेल भएकाहरू घुमाउरो बाटोबाट न्यायाधीशमा नियुक्त

काठमाडौं । लिखित परीक्षामा अनुत्तीर्ण नै जिल्ला न्यायाधीश नियुक्त भएका छन् । न्याय सेवा आयोगको सिफारिसमा न्याय परिषद्ले मंगलबार त्यसरी फेल भएका अधिकांशलाई न्यायाधीश नियुक्त गरेको हो । प्रतियोगितात्मक परीक्षाबाट एकजनामात्र पास भएपछि २८ दरबन्दी रिक्त हुने अवस्था बनेको थियो । यसअघि जिल्ला अदालतमा रिक्त २९ दरबन्दीका लागि २ सय १२ जनाले लिखित परीक्षा दिएका […]

लिखितमै मागभन्दा ५० प्रतिशत कम उत्तीर्ण

न्याय सेवा आयोगले आह्वान गरेको जिल्ला न्यायाधीश पदमा मागिएभन्दा ५० प्रतिशत कमले लिखित परीक्षा उत्तीर्ण गरेका छन् । समावेशीतर्फ महिला, मधेसी र दलितको कोटा अपूरै रहेको छ । समावेशीका लागि माग गरिएका एकजना महिला, दुई मधेसी र एकजना दलित कोटा गरी ५ जना समावेशी न्यायाधीश पद पनि अपूरो रहेको हो । आयोगले नेपालको न्यायिक इतिहासमा पहिलोपटक खुला परीक्षाबाट न्यायाधीश नियुक्तिको आह्वान गरेको थियो । आयोगले ३० जना जिल्ला न्यायाधीश नियुक्तिका लागि समावेशीसहित खुला प्रतिस्पर्धाबाट छान्नेगरी विज्ञापन आह्वान गरेको थियो।