दार्चुला – जिल्ला अदालत दार्चुलाले महाकाली नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ । नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न अदालतले नगरपालिकाकाे नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालत दार्चुलाका स्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।
आइतवार जिल्ला न्यायाधीश खेमराज भट्टको एकल इजलासले २०८० असार २४ गते नगरपालिकाले गरेको नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षा विज्ञापन २०८० लाई तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश ...