काठमाडौं : तीन हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रबार भने सामान्य अंकले वृद्धि भएको छ।शुक्रबार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो। यस्तै, सेन्सेटिभ इण्डेक्स २.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले बढेको छ।शुक्रबार कारोबारमा आएका २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर १ अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार रकम भने अघिल्लो कारोबारको भन्दा कम भएको छ।नेप्सेका १३ उपसूचकहरूमध्